सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीमा छोटो दुरीका सवारी साधनले अब टिकट अनिवार्य दिनुपर्ने

बैतडीमा अब छोटो दुरीका सवारीमा पनि यात्रुलाई अनिवार्य टिकट दिनुपर्ने भएको छ । जिल्ला भित्र संञ्चालित सवारीसाधनमा यातायात व्यवसायीहरुले टिकट नदिएर तोकिएको भन्दा बढी भाडा लिने गरेको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालयले बिहिवार बैठकको आयोजना गरेको थियो ।

बैठकले भदौ १५ गतेबाट अनिर्वाय रुपमा सबै यातायातका सवारीसाधनहरुले टिकट काटेर मात्र यात्रु बोक्नुपर्ने निर्णय गरेको छ । जिल्लामा संञ्चालित जिपहरुले तोकिएको भन्दा बढी भाडा लिने गरेको गुनासो आएपछि अनिवार्य टिकटको व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए । यसको अनुगमन पनि गरिने उनले बताए । १५ गतेपछि टिकट नकाटेर यात्रुलाई बोकेको खण्डमा कारवाही हुने उनले बताए ।

Sana Kishan

टिकट नकाटेर यात्रु बोक्ने सवारीसाधनलाई तत्काल कारवाहीका लागि सुरक्षाकर्मीलाई निर्देशन समेत दिइसकेको बताइएको छ । जिल्लास्थित ४ वटै सुरक्षा निकायका प्रमुख, यातायात व्यवसायी, चालक र संञ्चारकर्मीको उपस्थितीमा भएको बैठकमा सिट क्षमता भन्दा बढी यात्रु बोक्ने सवारीसाधनलाई पनि कारवाही गर्ने निर्णय भएको छ ।

World Link Ads
Mahakali Polytechnic

जिल्लामा सञ्चालित जिपहरुले मनोमानी भाडा असुलेको बारेमा समाचारहरु समेत प्रकाशन तथा प्रशारण भएका थिए । सगुन खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.