कञ्चनपुरको भीमदत्त नगरपालिका–४ महेन्द्रनगर बजार क्षेत्रमा रातिका बेला हुने सडक दुर्घटना न्यूनीकरणका लागि सडक बत्ती जडानको कार्य सुरु भएको छ ।
बजार क्षेत्रका टोल–टोलमा आवश्यकतका आधारमा सडक बत्ती जडानको कार्य सुरु गरिएको हो ।
वडाध्यक्ष सुशील भट्टका अनुसार सवारी दुर्घटना न्यूनीकरणसँगै चोरीलगायतका अवाञ्छित कार्य रोक्नका लागि स्थानीय बासिन्दाको मागका आधारमा सडक बत्ती जडानकार्य अगाडि बढाइएको बताए । “रातिका बेला सडक दुर्घटना हुनसक्ने सम्भावित क्षेत्रमा सेन्सरयुक्त र सेन्सर नभएका बत्ती जडान भइरहेको छ”, उनले बताए “पहिलो चरणमा दुई सय ५० स्थानमा सडक बत्ती जडान गर्ने योजना बनाएका छौँ, अरु क्षेत्रमा आवश्कताका आधारमा सडक बत्ती जडान गर्नेर्छौँ ।” दुई दिनको अवधिमा ५० वटा सडक बत्ती जडान गरिएका छन् ।
अरु वडामा समेत सडक बत्ती जडान भइरहेकाले प्राविधिकले समय दिन नसक्दा काममा विलम्ब भइरहेको उनको बताए । गोदावरी न्युज बाट सभार









Discussion about this post