चितुवाको आक्रमणबाट बैतडीमा दुई जना घाइते भएका छन्।घाइते हुनेमा शिवनाथ गाउँपालिका ६ बसेडीका १३ वर्षीय पारस धनाडी र ६८ वर्षीय बहादुर दमाई रहेका छन् ।
बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार पारसलाई मंगलबार बिहान विद्यालय जाने क्रममा चितुवाले आक्रमण गरेको हो। यस्तै सोही ठाउँकै बहादुरलाई सोमबार राति ९ बजे शौचालय जाने क्रममा आक्रमणमा परेका हुन्।
आक्रमणबाट पारसको टाउको र पिठ्युमा र बहादुरको कम्मरमुनी खुट्टा र तिघ्रामा घाउ रहेको छ। घाइते दुवैलाई उपचारको लागि केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइँदैछ।
शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउदले चितुवाले आक्रमण गरेपछि स्थानीय नागरिक त्रासमा रहेको बताए। ‘लगातार रूपमा चितुवाले आक्रमण गरेपछि नागरिक त्रसित बनेका छन्’,उनले भने, ‘नानीबाबुलाई विद्यालय पठाउन समसया भएको छ।’
डिभिजन वन कार्यालय बैतडीका प्रमुख भीमप्रसाद कँडेलले वनजंगल विनाश हुँदै जाँदा चितुवा मानवबस्ती पसेर मानिसलाई आक्रमण गर्ने गरेको बताए। ‘जंगल नष्ट हुँदा जनावरको बासस्थान साँघुरिएको छ’, उनले भने, ‘आहारका लागि पनि चितुवा गाउँ पस्ने गर्छ।’
पछिल्लो समयमा चितुवा र मानव बीच द्धन्द बढीरहेको छ ।२०६८ सालयता बैतडीमा चितुवाको आक्रमणबाट २५ र जंगली बदेंलको आक्रमणबाट २ जनाको ज्यान गइसकेको छ। गोदावरी न्युज बाट सभार









Discussion about this post