बैतडी – जिल्लामा शुक्रबार बजार अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा जिल्लाको मोतीनगर, बाच्पानी र ढोल्यामोडमा बजार अनुगमन गरिएको हो ।
तीन वटै स्थानका १३ पसलमा गरिएको बजार अनुगमनका क्रममा २९ हजार ९३८ रुपैंया बरारबरको अखाद्य वस्तु फेला परेको अनुगमनको नेतृत्व गरिरहेका सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले बताए ।
यसैगरी ६ वटा पसलमा जरिवना पनि गराइएको छ । अखाद्य वस्तु बिक्रि गरीरहेका ६ पसलमा ५० हजार रुपैंया जरिवना गराइएको र म्याद नाघेका खाद्य वस्तु बिक्रि गर्ने गरेको पाइएका पसलमा जरिवना गरिएको उनले बताए ।
जिल्ला प्रसासन कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख एवं प्रतिनिधि, घरेलु तथा साखा उद्योग कार्यालय बैतडीका कर्मचारीहरुले अनुगमन गरेका थिए ।
गोदावरी न्युज बाट सभार









Discussion about this post