Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

अर्थमन्त्री रावलको पहलमा भीमदत्त १ र बेदकोट ८ जोड्ने रौटेला खोलामा पक्की पुल निर्माण हुँदै

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
साउन ३०, २०७९
0
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चनपुरका दुई पालिका जोड्ने रौटेला खोलामा बषौँपछि पक्की पुल निर्माण हुने भएको छ । सुुदूरपश्चिम प्रदेश सरकारले बहुबर्षिया योजना अन्र्तरगत जिल्लाको उत्तरी भेग भीमदत्त नगरपालिका १ र बेदकोट नगरपालिका ८ जोड्नका लागि पक्की पुल निर्माण गर्नलागेको हो ।

पूर्वाधार विकास कार्यालय मार्फत भीमदत्त नगर १ राजिपुर र बेदकोट नगर ८ गैलनदी जोड्ने रौटेला खोलामा पक्की पुल निर्माण हुन लागेको छ । सोमबार एक कार्यक्रममा विच सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री प्रकास बहादुर रावलले प्रदेश सरकारले जनताको माग र आवश्यकतालाई बुझेर रौटेला खोलामा पुल निर्माणको योजना ल्याएको बताए । ‘स्थानीय नागरिकको समस्यालाई मध्य नजर गर्दै उक्त खोला सहित जिल्लाका अन्य चार स्थानमा पक्की पुलको योजना रहेको छ, ‘मन्त्री रावलले भने, ‘पुल निर्माण भएपछि यहाँका स्थानीयको आवत जावतमा समस्या हटछ ।’

मन्त्री रावलले समयमै पुल निर्माण सम्पन्न गर्न सम्बन्धीत निकायलाई निर्देशन दिएका छन । निर्वाचन क्षेत्र ३(क)बाट निर्वाचित प्रदेश सभा सदस्य समेत रहेका अर्थमन्त्री रावलकै पहलमा उक्त स्थानमा पक्की पुल निर्माण हुन लागेको स्वकीय सचिव ईन्द्र सिह ठगुन्नाले बताए । ‘यो मन्त्री जीकै निर्वाचन क्षेत्र पनि हो, ‘उनले भने, ‘निर्वाचनका बेला जनतासंग गरेको बाचा र समस्या बुझेर मन्त्री जीबाट पहल भएको योजना हो, अहिले जसले जे भनेपनि यो त मन्त्री जीकै पहलमा हो ।’ प्रदेश सरकारको योजनामा स्थानीय र संघीय कुनै संसद जनप्रतिनिधीको पहल हुन्छन त ?

उक्त स्थानमा बषौँपछि पक्की पुल निर्माण हुने भएपछि स्थानीय हर्षित र लाभान्वित भएका छन । स्थानीयले सो स्थानमा पुल निर्माणका लागि प्रदेश सरकार कुर्नु परेको समेत दुखेसो पोखेका छन । स्थानीय अगुवा दान बहादुर बमले विगत २० बर्षको स्मरण गर्दै भने, ‘हामी यहाँबाट विद्यालय क्याम्पस जाँदा बर्षातका बेला समस्यामा पर्दै आएका थियौँ, आज पुल निर्माण हुने भएछ ।’

यस क्षेत्रबाट थुप्रै नेताले चुनाव जितेर संसद मन्त्री भएपनि कुनै पहल नगर्दा ढिलै भएपनि प्रदेश सरकारले पुल निर्माणका लागि योजना दिएको बताए । ०४६ सालतिर स्थानीय युवा जनक माल बजार दुध पु¥याउने बेला खोलामा चिप्लिएको घटना स्मरण गर्दै ढिलै भएपनि प्रदेश सरकारले पुल निर्माण गर्न लागेकोप्रति खुसी व्यक्त गरे । बेदकोट नगरपालिका ८का वडाध्यक्ष महेशराज जोशीले पनि आफु क्याम्पस अध्ययन गर्दा सो स्थानमा पुल नभएको स्मरण गर्दै आए पुल निर्माण कार्यको शुभारम्भले खुसी छाएको बताए । ‘हामी नदी पारी बेदकोट ६, ७ र ८ का स्थानीयले नदी तरेर बजार जानुपर्ने र विद्यार्थीलाई स्कुल जानुपर्ने बाध्यता हट्ने छ, ‘अध्यक्ष जोशीले भने, ‘पुल निर्माण कार्यबाट बेदकोट र भीमदत्त नगर उत्तरी भेगका स्थानीय लाभात्विक भएका छन ।’ पुल नहुँदा जेसिज माविमा अध्ययनरत बेदकोट नगरपालिका उत्तरी भेगका विद्यार्थी खोलापारी साईकल राखेर अध्ययन गर्नुपर्ने बाध्यता रहेको बताउदै वडाध्यक्ष जोशीले पुल निर्माण भएसंगै विद्यार्थी समेत लाभात्वित हुने बताए । पुर्वाधार विकास कार्यालय कञ्चनपुरका सुचना अधिकारी एव ईन्जिनियर हेमराज भट्टले उक्त रौटेला खोलामा २५ मिटर लम्बाई ११ मिटर चौडाईको पक्की पुल निर्माण हुने बताए ।

ईन्जिनियर भट्टका अनुसार महरा निर्माण सेवा प्रांलिसग कार्यालयले ५ करोड, ८२ लाख, ५३ हजार ६९१ रुपैया ठेक्का सम्झौता गरेको छ । पुल आगामी ३० असार ०८१ मा निर्माण कार्य सक्नुपर्ने सम्झौता भएको छ । महरा निर्माण सेवा प्रांलिका प्रबन्ध निर्देशक हेम महराले तोकिएकै समयमा पुल निर्माण हुने बताए । भीमदत्त नगरपालिका १का वडाध्यक्ष आसेफ कुँवर(भुन्टु)ले भीनपा १ र ८ जोड्ने स्थानमा पुल शिलान्यास कार्यक्तममा कार्यालयबाट समेत वडालाई समन्वय नभएको गुनासो पोखे । ‘कुृनै समस्या आउँदा हामी जनप्रतिनिधी चाहिने, ‘उनले भने, ‘तर हामीलाई नै खबर नहुने, मैले यो व्यक्ति उ व्यक्तिबाट शिलान्यास गराउँनुपर्छ भन्न खोजेको होईन, केबल वडा कार्यालयसंग समन्वय भएन भन्ने मात्रै हो ।’ तर, पूर्वाधार विकास कार्यालयले भीनपा १ र बेदकोट ८ दुवै वडा र जनप्रतिनिधीसंग मौखिक समन्वय भएको जनाएको छ । यद्यपी पुल निर्माणमा नागरिक जनप्रतिनिधीको कुनै गुनासो छैन, बरु उनीहरु जनतालाई यातायात सुविधा हुने भन्दै खुसी थिए । उक्त स्थानमा पुल निर्माण हुन लागेपछि विद्यार्थी समेत हर्षित भएका छन । बेदकोट नपा ८गाउजीका स्थानीय विद्यार्थी पदम दमाईले सो स्थानमा पुल निर्माण कार्यबाट सबैभन्दा बढी विद्यार्थी खुसी भएको बताए । ‘हामीले घरबाट साईकल ल्याउँछौँ, ‘उनले भने, ‘नदीमा पानीको बहाव बढि हुुँदा वारी नै राख्छौँ, जोखिम मोलेर विद्यालय जानुपर्ने बाध्यता छ, अब त्यो हट्ने भयो ।’ जनसरोकार पोस्ट बाट 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

वेदकोट–८ मा स्काउट तथा विपद् व्यवस्थापन सम्बन्धी २० दिने तालिम सुरु
मुख्य समाचार

वेदकोट–८ मा स्काउट तथा विपद् व्यवस्थापन सम्बन्धी २० दिने तालिम सुरु

जेष्ठ ९, २०८३
थर्ड आई द्वारा सुरक्षा निकायमा भर्ना हुन चाहने विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण
कन्चनपुर

थर्ड आई द्वारा सुरक्षा निकायमा भर्ना हुन चाहने विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण

जेष्ठ ७, २०८३
महाकालीको भुजेलाघाट क्षेत्रमा नुहाउन र पौडी खेल्न निषेध, जोखिम न्यूनीकरणका लागि राखिए सचेतनामूलक बोर्ड
कन्चनपुर

महाकालीको भुजेलाघाट क्षेत्रमा नुहाउन र पौडी खेल्न निषेध, जोखिम न्यूनीकरणका लागि राखिए सचेतनामूलक बोर्ड

जेष्ठ ३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

असार ५, २०८३
आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

असार ५, २०८३
डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

असार ५, २०८३
विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

असार ५, २०८३
निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

असार ५, २०८३
सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

एकैदिन १० हजार ५०० रुपैयाँले ओरालो लाग्यो सुनको मूल्य

असार ५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व