सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

मोटरसाइकल दुर्घटना हुँदा कञ्चनपुरमा एक जना घाइते

968
Sana Kishan

कञ्चनपुर – जिल्लामा मोटरसाइकल दुर्घटना हुँदा एक महिला घाइते भएकी छन्।

Karnali Traders

शुक्रबार जिल्लाको पुनर्वास नगरपालिका ३ आइबीआरडीस्थित भित्री सडकखण्डमा पुनर्वास ६ का २९ वर्षीय तिलक सुनारले चलाएको से १ प ६७२२ र पुनर्वास ३ का ३५ वर्षीय सरोज खनियाले चलाएको से ५ प ७७०० नम्बरको मोटरसाइकल ठोक्किएका थिए।

Arus

उक्त दुर्घटनामा सरोजको मोटरसाइकल पछाडि सवार पुनर्वास ३ की ३१ वर्षीया दीपा खनिया घाइते भएकी प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।
उनको धनगढीस्थित नवजीवन अस्पतालमा उपचार भइरहेको छ। मोटरसाइकल चालकहरुलाई सामान्य चोटपटक लागेको र दुवै मोटरसाइकल नियन्त्रणमा रहेको प्रहरीले बताएको छ। गोदावरी न्युज बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.