सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीको सुर्नयामा चितुवाको आतंक कायमै

बैतडीको सुर्नया गाउँपालिका वडा नं ८ मा चितुवाले घरपालुवा पशु खान थालेको अढाई पनि बढी भईसकेको छ । गएको अढाई महिना यता ५० भन्दा बाख्रा चितुवाले खाईसकेको सुर्नया गाउँपालिका वडा नं ढोलेका स्थानीय तेजन बोहराले बताए ।

रातिको समयमा गोठबाटै चितुवाले बाख्रा, खसी लगायतका घरपालुवा जनावर खान थालेपछि किसानहरु समस्यामा परेका उनले बताए । गएको चारदिनमा मात्रै किसानले पालेका चारओटा बाख्रा चितुवा खाइदिएको बोहराले बताए ।

Sana Kishan

चारपाँच ओटा चितुवा बथान सहित आउने गरेको विक्रम लुहारले बताए । नजिकैको ढोले जंगलबाट गाउँमा चितुवा पसेका उनले बताए । लगातार जसो चितुवाले घरपालुवा जनावर खान थालेपछि स्थानीयबासीहरुमा त्रास फैलिएको उनले बताए । उनले भने ‘चितुवाले खोरभित्रबाटै बाख्रा र खसी लग्न थालेको छ । यसले गर्दा हामीहरुलाई धेरै समस्या भएको छ ।’

World Link Ads
Mahakali Polytechnic

सुर्नयाका विभिन्न स्थानमा चितुवाले आतंक मच्चाएपछि चितुवा नियन्त्रणका उपायका बारेमा सरकारले सोच्नुपर्ने स्थानीयहरुले माग गरेका छन् । चितुवा नियन्त्रणका लागि पहल नगरे व्यवसायिक रुपमा बाख्रापालन गरिरहेका किसानहरुलाई समस्या हुने बताइएको छ । मानवबस्तीमा पसेर घरपालुवा जनावर खान थालेको चितुवाले मानिसमाथि समेत आक्रमण गर्न सक्ने भन्दै स्थानीयहरु चिन्तित बनेका छन् । सगुन खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.