कैलालीको लम्कीमा ट्याक्टर दुर्घटना भएको छ । लम्कीचुहा नगरपालिका–३ बल्चौरमा अन टेष्ट लेखिएको ट्याक्टर सडकबाट अन्दाजी १० मिटर तल नालीमा खसेर शुक्रबार राति दुर्घटना भएको हो ।
ट्याक्टर दुर्घटना हुदाँ ट्याक्टर चालक सोही ठाउँ बस्ने ३५ वर्षीय शक्ति चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लालरत्न अस्पताल लम्की हुँदै टिकापुर अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ । गोदावरी न्युज बाट सभार









Discussion about this post