

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । बुधबार राति पुर्नवास नगरपालिका–११ मा से६प २२३० नम्बरको मोटरसाइकल दुर्घटना हुुँदा सोही नगरपालिकाको वडा नम्बर ५ का ५५ वर्षीय गोपाल आचार्यको मृत्यु भएको प्रहरीले जनाएको छ ।

डोकेबजारबाट टाउन बजारतर्फ जाँदै गर्दा मोटरसाइकल दुर्घटना हुँदा उनी घाइते भएका थिए । त्यसपछि उपचारका लागि धनगढीस्थित निसर्ग अस्पताल पुर्याउँदा उनको त्यहीँ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । सगुन खबर बाट सभार
