सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडी जिल्लामा सम्बन्ध विच्छेदका मुद्दा बढ्दै

बैतडीमा सम्बन्ध विच्छेदका मुद्दा बढ्दै गएका छन् । जिल्ला अदालत बैतडीको पछिल्लो तीन वर्षको तथ्याँक हेर्ने हो भने सम्बन्ध विच्छेदका मुद्दा बढ्दै गएका हुन् ।

आर्थिक वर्ष २०७६÷७७ मा २५ ओटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका थिए । यस्तै आर्थिक वर्ष २०७७÷७८ मा २६ मुद्दा दर्ता भएका जिल्ला अदालतको तथ्यांक छ ।

यस्तै गत आर्थिक वर्ष २०७८÷७९ मा सम्बन्ध विच्छेदका ३४ ओटा मुद्दा दर्ता भएकोमा २९ मुद्दा फच्र्यौट भइसकेका र ५ ओटा फच्र्यौट हुन बाँकी रहेको जिल्ला अदालत बैतडीका श्रेस्तेदार जनक बोहराले जानकारी दिए ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

सम्बन्ध विच्छेदका मुद्दा दर्ता गराउने पुरुषको भन्दा महिलाको संख्या बढीरहेको उनले बताए । पछिल्ला बर्षहरुमा सम्बन्ध विच्छेदका मुद्दाहरु बढ्दै गएका उनले बताए ।

शुद्ध सम्बन्ध विच्छेद नभएर अंश जोडिएर आएका सम्बन्ध विच्छेदका मुद्दा रहेको अदालतका श्रेस्तेदार बोहराले बताए ।

महिलालाई पुरुष सरहका अवसर प्रदान नगरिनु, परम्परागत दृष्टिकोण कायम रहनु लगायतका कारणले अहिले सम्बन्ध विच्छेदका मुद्दा बढेका अधिवक्ता हरिदत्त भट्टले बताए । पुरुषको हकमा पनि देवानि संहिताले सम्बन्ध विच्छेदका लागि सिधै अदालत सम्म पुग्ने बाटो खुला गरेकाले अहिले पुरुष पनि सम्बन्ध विच्छेदका मुद्दा दर्ता गराउन थालेका उनले बताए । सगुन खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.