

बैतडीको दोगडाकेदार गाउँपालिकामा विद्युत सेवा अवरुद्ध भएको छ । दोगडाकेदार गाउँपालिका वडा नम्बर ५ मा एक सातादेखि विद्युत अवरुद्ध हुँदा सेवाग्राही मारमा परेका छन् ।

नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रको लापरवाहीका कारण समयमा विद्युत सेवा सुचारु नभएको सेवाग्राहीले गुनासो गरेका छन् ।

नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रले भने चट्याङले ट्रान्सफर्मरमा क्षति भएको र विद्युत सेवा नियमित गर्न केही समय लाग्ने जनाएको छ । सगुन खबर बाट सभार
