सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

ट्यांकर दुर्घटनाको लाइभ गरेको भन्दै बैतडी घर भएका कलाकार भट्टमाथि कैलालीमा कुटपिट

ट्यांकर दुर्घटनाको लाइभ गरेको भन्दै बैतडी घर भएका कलाकार जनकराज भट्ट (जेआर) माथि कैलालीमा कुटपिट भएको छ । अत्तरीया बसपार्क क्षेत्रमा कलाकार भट्टमाथि आज बिहान १० बजेतिर कुटपीट भएको हो ।

Sana Kishan

जिन्दगीमा कहिले नसोचेको घटना भएको भन्दै उनी फेसबुक लाइभमा धुरुधुरु रोएका छन् । ट्यांकर दुर्घटनाको बिषयलाई लिएर आफूमाथि कुटपिट भएको भट्टले बताए । कुटपिट पछि अहिले मायामेट्रो अस्पतालमा आफू उपचाररत रहेको भट्टले बताए । कुटपिटबाट भट्टको शरीरमा चोट लागेको छ । उनले भने ‘जिन्दगीमा कहिले नसोचेको घटना भएको छ । ममाथि अनाहक कुटपिट भएको छ ।’

इलाका प्रहरी कार्यालय मालाखेतीमा कुटपिटबारे ठाडो निवेदन दएको उनले बताए । बैतडीको पाटन नगरपालिका ९ घर भएका जनकराज टिकटकमा जेआरका नामले लोकप्रिय छन् । उनी सुदूरपश्चिमका देउडा कलाकार समेत हुन् । सगुनखबर बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.