कैलाली – जिल्लामा रोकिराखेको जीपमा मोटरसाइकल ठोक्किदाँ घाइते भएका एक युवकको मृत्यु भएको छ।
शनिबार दिउँसो पूर्वपश्चिम राजमार्गअन्तरर्गत लम्कीचुहा नगरपालिका २ मोतीपुरमा रोकिराखेको बा२१च २९०३ नम्बरको बोलेरो जीपमा क१प १५९८ नम्बरको मोटरसाइकल ठोक्किदा २ जना घाइते भएका थिए ।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक जुम्ला तातोपानी गाउँपालिका १ का २९ वर्षीय लोकेन्द्र जोशीको उपचारका क्रममा कोहलपुरस्थित मेडिकल कलेजमा मृत्यु भएको हो ।
मोटरसाइकलमा सवार सोही ठाउँका २५ वर्षीय अक्कल कठायत घाइते भएका थिए ।उनको लालरत्न अस्पताल लम्कीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । गोदावरी न्युज बाट सभार









Discussion about this post