कैलाली जिल्लामा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु र अन्य २ जना घाइते भएका छन्। दुर्घटनामा मृत्यु हुनेमा जिल्लाको कैलारी गाउँपालिका १ का २१ वर्षीय नैनबहादुर चौधरी रहेका छन् ।
शुक्रबार साँझ जिल्लाको गौरीगंगा नगपालिका ११ शिवपुरस्थित भित्री सडकखण्डमा से ४ प ४९३९ नम्बरको मोटरसाइकलले घर नजिककै सडकछेउमा खेलिरहेका ४ वर्षीय नितेश खातीलाई ठक्कर दिएको थियो। ठक्करबाट खातीसहित मोटरसाइकल पछाडि सवार बर्दगोरिया गाउँपालिका ३ का ३१ वर्षीय जगदीश चौधरी घाइते भएका थिए।
नितेशको सौगात मेडिकल बडैपुरमा उपचार भइरहेको र जगदीशको साझा सामुदायिक हेल्थ क्लिनिक मसुरियाबाट धनगढीस्थित नवजीवन अस्पताल रिफर गरी उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। गोदावरी न्युज बाट सभार









Discussion about this post