सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कञ्चनपुरको बेलौरी नगरपालिका पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा

48
Sana Kishan

कञ्चनपुर – कञ्चनपुरको बेलौरी नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । मंगलबार एक कार्यक्रमकाबीच जिल्ला समन्वय समिति कञ्चनपुरकी उपप्रमुख रामकुमारी रानाले नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेकी हुन् ।

Karnali Traders

राष्ट्रिय खोप तालिका अनुसार नगर क्षेत्र भित्रका २ वर्ष मुनिका बालबालिकाहरुले पाउने सबै खोप पाएपछि पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको बताइएको छ । जन्मेदेखि २ वर्ष मुनिका बालबालिकाहरुलाई विभिन्न रोगविरुद्ध १२ प्रकारका खोप दिने गरिएको छ ।

Arus

स्वास्थ्य कार्यालय कञ्चनपुरका कोल्ड चेन अधिकृत जनक बहादुर कुँवरका अनुसार अब छिट्टै कञ्चनपुर जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने तयारी भइरहेको छ । सगुन खबर बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.