भोजराज पन्त,कंचनपुर – कञ्चनपुरको वेदकोट नगरपालिका ९ मा रहेको इन्द्रेणी कृषि सहकारी संस्थाले किसानको पर्व असार १५ अथवा १९ औ धान दिवस “धान वालीमा जैविक विविधताको उपयोग, आयातमा प्रतिस्थापनमा सहयोग” भन्ने मुल नाराका साथ धान दिवस बुधवार मनाईएको छ ।
कार्यक्रममा वेदकोट नगरपालिका का जनप्रतिनिधि नगर प्रमुख, नगर उप प्रमुख, वडा नम्वर ९ का वडा अध्यक्ष, सदस्यहरुलाई सम्मान कार्यक्रम समेत इन्द्रणी कृषि सहकारीले आयोजना गरेको थियो । कार्यक्रमका प्रमुखा अतिथि नगर प्रमुख भोजराज बोहराले भन्नु भयो “कृषिमा आधुनिकरण हुनु जरुरी रहेको साथै अव हाम्रा रैखाने वालीहरुलाई समेत जोगाउनु जरुरीछ ।” रैखाने जात सिमराटी, राईमोनुवा जस्ता जातहरुको संरक्षण गर्न जरुरी रहेको र नगरपालीकाले यस्ता पुराना वालीहरु संरक्षण गर्न कार्यक्रम ल्याउने कताउनु भयो ।

किसानहरुलाई समयमा रसायनिम मल नपाउने र उत्पादन मा कमीआउने समस्याको समाधानको निमित्य नगरले प्रदेश सरकार संग सहकार्य गरेर जैविक मल कारखाना स्थापना गर्ने समेत वताउनु भयो ।
धान दिवसकै अवसरमा वेदकोट नगरपालिका ९ वा युवा वैज्ञानिक प्रकास महताले आफैले आविस्कार गरेको हाते धान रोप्ने मेसिनको समेत परिक्षण गरेको थिए ।

कार्यक्रमका सभापति इन्द्रेणी कृषि सहकारी संस्थाका अध्यक्ष शिवराव भट्ट, प्रमुख अतिथि वेखकोट नगरपालिका नगरप्रमुख भोजराज बोहरा, विशिष्ट अतिथि नगर उपप्रमुख तुलसी जोशी, वडा नंं. ९ वडा अध्यक्ष्य जनक विष्ट लगायत जनप्रतिनिधिहरुको उपस्तीथी रहेको थियो ।
धान दिवस गाँउकै अगुवा कृषक ८३ वर्षिय जितवहादुर घलेको खेतमा मनाइएको थियो ।
