सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

आलितालका कर्मचारी लुट्ने तीन जना पक्राउ

127
Sana Kishan

कञ्चनपुर,

डडेल्धुरा आलितालका कर्मचारी लुट्ने पक्राउ परेका छन् । जिल्लाको गोदावरी नगरपालिका ४ स्थित बुढीतोलाबाट लुटिएको कम्प्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारीलाई कुटपिट गरेर भण्डारीको कारसहित ३ जना नगद र मोबाइल लुटेर फरार भएका थिए ।

Arus
Karnali Traders

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार पक्राउ पर्नेमा भारत हरियाणा सोनी पथका २१ बर्षीय भगत सिँह, सोही ठाउँका १८ बर्षीय साहिल बादलिसे र सोही ठाउँका २० बर्षीय सन्नी जाँटलाई गोदावरी नगरपालीका १ स्थित ऐश्वर्य सामुदायिक वन मनेहारा गाउँबाट पक्राउ गरिएको हो । उनीहरुलाई गोदावरी नगरपालिका–१ स्थित भित्री सडकको जंगलमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको उनले बताए।

यस्तै डडेल्धुराको आलिताल गाउँपालिकामा कार्यरत कर्मचारी लोकेन्द्रसिंह भण्डारीको लुटिएको ३–०१–०२३ च ८७२१ नम्बरको कार फेला परेको छ।जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी वेदप्रकाश जोशीले गोदावरी नगरपालिका–१ स्थित पाठक आयल स्टोरदेखि शान्तिनगर जाने सडकखण्डमा कार फेला परेको बताए। लिफ्ट मागेर कारमा बसेका तीन जना व्यक्तिले आज कुटपिट गरेर भण्डारीको कारसहित भएका नगद र मोबाइल लुटेर फरार भएका थिए । कुटपिटबाट घाइते भण्डारीको पद्मा अस्पतालमा उपचार भइरहेको छ ।  बेलडाँडी पोस्ट बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.