सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

वेदकोट नगर न्यायीक समितिको संयोजकमा उपप्रमुख जोशी

64
Sana Kishan

कञ्चनपुर स्थित वेदकोट नगरपालिकामा न्यायीक समितिले पुर्णता पाएको छ । नेपालको संविधानले न्यायिक समितिले खासगरी देवानी प्रकृति विवादहरू स्थानीय तहबाट निराकरण गर्न सक्ने अधिकार दिएको छ । न्यायालयमा धाउनु पर्दा धेरै सास्ती भोग्नुपर्ने समस्या पनि यहीँ हल हुने देखिन्छ । जुन सकरात्मक कुरा हो । स्थानीय तहले प्रभावकारी रूपमा न्याय सम्पादन गरेको खण्डमा स्थानियवासीहरुले सहज रुपमा न्याय पाउन सक्छन् । स्थानीय तहका विवादित मुद्दाहरू स्थानीयस्तरमै समाधान होस भन्ने उद्देश्यले नै संविधानमा स्थानीय तहमा न्यायिक समितिको परिकल्पना गरिएको हो ।

Arus
Karnali Traders

बेदकोट नगरपालिकाका उपप्रमुख तुलसी जोशीको संयोजकत्वमा गठन भएको छ । उक्त समितीको उमापती भट्ट र लक्ष्मण राना सदस्यमा रहेका छन । त्यस्तै सदस्य सचिवमा अमर महरा र अनिल लुहार सहजकर्तामा रहेका छन ।


न्यायिक समिति का पदाधिकारीहरुलाईलाई बधाई दिँदै न्यायिक समितिको कामलाई प्रभावकारी र समाधानमुखी बनाउन तथा समितिको कार्यक्षेत्र, कानुनी हैसियत, सजायको प्रकृति जस्ता कुरा हरुलाई मध्यनजर गरेर न्याय दिन बेदकोट नगरपालिका प्रमुख भोजराज बोहराले अनुरोध समेत गरेका छन । न्यायको सर्वमान्य सिद्धान्त, प्राकृतिक न्यायको सिद्धान्त र विवेकको प्रयोग गरेर न्याय सम्पादन गर्नुपर्छ । यसर्थ न्याय सम्पादन निकै जटिल र विशिष्ट प्रकृतिको हुने हुनाले न्याय सम्पादन गर्दा निष्पक्ष न्याय न्यायिक समितिले दिनुपर्छ । छिटो, छरितो र कम समयमा न्याय पाउने आशामा स्थानीयवासीहरू समेत रहेका हन्छन ।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.