कञ्चनपुरको वेदकोट नगरपालिकामा दलित जनप्रतिनिधि र अगुवा दलित महिलाहरुका लागि २ दिने क्षमता अभिबृद्धि एवम् नेतृत्व विकास तालिम शनिवारदेखि शुरु भएको छ ।
कञ्चनपुरको वेदकोट नगरपालिकाको सहयोगमा सामुदायिक महिला तथा बालबालिका विकास केन्द्र, नेपालद्वारा आयोजित दलित जनप्रतिनिधि र अगुवा दलित महिलाहरुका लागि २ दिने क्षमता अभिबृद्धि एवम् नेतृत्व विकास तालिम शनिवारदेखि सुरु भएको हो । उक्त तालिमको उद्घाटन कार्यक्रममा कञ्चनपुरको वेदकोट नगरपालिकाका उपप्रमुख तुलसी जोशी, दलित जनप्रतिनिधी र अगुवा महिलाहरु लगायतको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा बोल्दै कञ्चनपुरको वेदकोट नगरपालिकाका नगर उपप्रमुख तुलसी जोशीले दलित महिला र जनप्रतिनिधिहरुको क्षमता र नेतृत्व विकासका लागि वेदकोट नगरपालिकाले सदैव पहल गर्ने बताउनु भयो ।

(शुक्लाफाँटा खबर बाट सभार)
