
कञ्चनपुर – मा बसले साइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको वेदकोट नगरपालिका ७ सुडामा बसले साइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो ।
बुधबार बिहान महेन्द्रनगरबाट बर्दियातर्फ सवार ना ४ ख ८०७७ नम्बरको यात्रुवाहक बसको ठक्करबाट साइकलमा सवार वेदकोट नगरपालिका ७ की २८ वर्षीया विमला देवी जोशीको मृत्यु भएको प्रहरीले जनाएको छ ।


बसको ठक्करबाट गम्भीर घाइते भएपछि जोशीलाई महाकाली अस्पताल लगिए पनि त्यहाँ पु¥याउँदा उनको मृत्यु भइसकेको थियो । बस र चालक ४० वर्षीय राजेन्द्रप्रसाद जोशीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लाल बहादुर बमले जानकारी दिए । गोदावरी न्युज बाट सभार
