कञ्चनपुर – जिल्लामा मोटरसाइकल र साइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको कृष्णपुर नगरपालिका २ वाणीका ४२ वर्षीया केशवराज पन्त रहेका छन् । पन्तको उपचारका क्रममा धनगढीस्थित माया मेट्रो अस्पतालमा मृत्यु भएको हो ।
शनिबार शुक्लाफाँटा नगरपालिका ११ स्थित पूर्वपश्चिम राजमार्गमा वाणीबाट कलुवापुरतर्फ गइरहेको लु ७९ प १३४३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको साइकल आपसमा ठोक्किएका थिए।
दुर्घटनामा मोटरसाइकल चालक भीमदत्त नगरपालिका ४ का अन्दाजी २४ वर्षीया पुष्कर शाह र पछाडि सवार बेलौरी नगरपालिका ९ का अन्दाजी २४ वर्षीया सुरेश राना गम्भीर घाइते भएका प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।
घाइते दुवै जनाको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ। गोदावरी न्युज बाट सभार









Discussion about this post