सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बझाङ जिल्लाको बुङ्गल नगरपालिकामा पहिरोले दुइ घर पुरिए

बझाङको बुङ्गल नगरपालिका–६ र ७ मा पर्ने सानीगाड खोलाको माथिबाट आएको पहिरोले दुई घर पुरिएका छन। लगातारको बर्सातका कारण आएको पहिरोले बझाङमा दुई घर पुरिएका प्रहरीले जनाएको छ ।

बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक रुपक खड्काका अनुसार पहिरोले वडा नम्बर ६ का दुई घर पुरेर पूर्ण रुपमा क्षति पुर्याएको छ । घर पुरिदा मानवीय क्षति नभएपनि गोठमा रहेका पशुचौपाया मरेका छन् ।

क्षेति हुने मध्येमा स्थानीय बले धामीका तीन भैँसी, दुई गोरु, ७ बाख्रा, नरेन्द्र धामीका चार गाई, दुई गोरु र धने दमाइका दुई गाइ पहिरोमा पुरिएर मरेको डीएसपी खड्काले बताउनुभो । प्रहरी र नेपाली सेनाको टोली उद्दार कार्यका लागि खटिएको छ । घर पुरिएर विस्थापित भएका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ । सगुन खबर बाट सभार

 

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.