सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

५१ हजार ६५ मत गन्दा गोपाल हमाल झण्डै ११ हजारले अगाडि

80
Sana Kishan

कैलालीको धनगढी उपमहानगरपालिकामा प्रमुखका स्वतन्त्र उम्मेदवार गोपाल हमाल जित नजिक पुगेका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले शनिबार बिहान ७ बजे सार्वजनिक गरेको मतपरिणामअनुसार नगर प्रमुख पदका स्वतन्त्र उम्मेदवार हमालले १० हजार ९९७ मतको अग्रता लिएका छन्।

Arus
Karnali Traders

५१ हजार ६५ मत गन्दा हमालले २२ हजार ५४१ मत पाएका छन्। सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका नृपबहादुर वडले ११ हजार ५४४ मतसहित हमाललाई पछ्याइरहेका छन्।नेकपा एमालेका उम्मेदवार रणबहादुर चन्दले ६ हजार ४२३ मतसहित तेस्रो स्थानमा छन्।

Nepali Khaja

यस्तै, उपप्रमुखमा माओवादी केन्द्रकी शान्ति अधिकारीलाई एमालेकी कन्दकला रानाले उछिनेकी छन्। रानाले १० हजार ८८० र अधिकारीले १० हजार ७०२ मत पाइन् । (गोदावरी न्युज बाट सभार)

 

kfg mit mart
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.