काठमाडौं – जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत नेपाली महिला कबड्डी टोलीले आज चाइनिज ताइपेइसँग प्रतिस्पर्धा गर्दैछ।
नेपाल र चाइनिज ताइपेइबीचको खेल आज बेलुका पौने ५ बजे हुनेछ। समूह चरणको पहिलो खेलमा थाइल्यान्डलाई पराजित गर्दै विजयी सुरुआत गरेको नेपाल आजको खेलमा पनि जित निकाल्दै सेमिफाइनल यात्रालाई बलियो बनाउने लक्ष्यमा छ।

कबड्डीमा सेमिफाइनल पुग्ने टोलीले कम्तीमा कांस्य पदक सुनिश्चित गर्ने भएकाले चाइनिज ताइपेइसँगको खेल नेपालका लागि महत्वपूर्ण मानिएको छ।
नेपाल रहेको समूहमा चाइनिज ताइपेइ, श्रीलंका र थाइल्यान्ड रहेका छन्। नेपालले समूह चरणको अन्तिम खेलमा भोलि श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ।
अर्को समूहमा इरान, भारत, बंगलादेश र जापान रहेका छन्।
यसअघि सन् २०१९ मा चीनको हाङ्झाउमा भएको एसियाली खेलकुदमा नेपाली महिला कबड्डी टोलीले कांस्य पदक जितेको थियो। यसपटक पनि नेपाली टोलीबाट पदकको अपेक्षा गरिएको छ।










Discussion about this post