सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

डोटीमा बस दुर्घटनामा १२ जना घाइते

Far weast coaching ad
186
Sana Kishan

डोटी – मा बस दुर्घटना भएको छ । कैलालीबाट अछामका लागि छुटेको ना ५ ख ९६६३ नम्बरको बस डोटीको शिखर नगरपालिका १ गेरुपानिमा दुर्घटना हुँदा १२ जना घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरिक्षक तथा प्रवक्ता भोलाकुमार भट्टका अनुसार शनिबार बिहान सवा ५ बजेतिर भएको बस दुर्घटनामा परि बस सहचालक गम्भिर घाइते भएका छन् भने ३ जना मध्यम र बाँकी ८ जना सामान्य घाइते भएका छन्। सोही बसमा सवार १८ महिनाको बच्चा हराइरहेको र उनको खोजी भइरहेको प्रवक्ता भट्टले बताए।

Arus
Karnali Traders

बसमा २०÷२२ जना सवार थिए ।घाइतेको दिपायल स्थित शैलेश्वरी अस्पतालमा उपचार भइरहेको छ ।

सामान्य मोडमा गाडी दुर्घटना भएको हुँदा तिब्र गतिका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ । दुर्घटनापछि बसका चालक फरार छन् । बस सडकबाट ७०÷८० मिटर तल सेति नदीमा खसेको छ ।

(गोदावरी न्युज बाट सभार)

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.