

कैलालीको जोशीपुर गाउँपालिकाको अध्यक्षमा पदमा नागरिक उन्मुक्ती पार्टीका चित्रबहादुर चौधरी निर्वाचित भएका छ।
अन्तिम मत परिणाम अनुसार अध्यक्षमा निर्वाचित चौधरीले ४ हजार ९०३ मत प्राप्त गरेका छन् । उनले निकटम प्रतिद्वन्दी नेपाली काँग्रेसका बन्शराम बडायकले ३ हजार ३६८ मत प्राप्त गरेका छन् ।

यसैगरी उपाध्यक्ष पदमा नागरिक उन्मुक्तीका रेखादेवी कठरिया ४ हजार ५८१ मत पाएर निर्वाचित भइन् । उनका निकटम प्रतिद्वन्दी नेकपा माआवादी केन्द्रका दिर्घ बिनाडीले ३ हजार ९ सय ६१ मत पाए ।

यसैबिच जोशीपुर गाउपालिकाको ७ वडा मध्य ४ वडामा नागरिक उन्मुक्ती, एक वडामा एमाले, एक वडामा जसपा र एक वडा माओवादी केन्द्रले जित हासिल गरेको छ । गोदावरी न्युज बाट सभार
