सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

३० हजार ६९८ मत गन्दा स्वतन्त्र उम्मेदवार गोपाल हमालले पाए १३ हजार ८२३

154
Sana Kishan

कैलालीको धनगढी उपमहानगरपालिकामा मतगणना जारी छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बिहीबारसम्म ३० हजार ६९८ मतगणना भएको छ। बिहान साढे ६ बजे सार्वजनिक गरिएको विवरणअनुसार मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमालले १३ हजार ८२३ मत पाएका छन्।

यस्तै ,गठबन्धनको तर्फबाट साझा उम्मेदवार नेपाली काँग्रेसका नृपबहादुर वडले ६ हजार ७७२ र नेकपा एमालेका रणबहादुर चन्दले ३ हजार २१७ मत पाएका छन्। हमाल र वडबीच ७ हजार ५१ मतको अन्तर छ।

Arus
Karnali Traders

यस्तै उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले ६ हजार १८१ मतका साथ लिड गरिरहेकी छन्। एमालेकी कन्दकला रानाले ५ हजार ४५५ र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ३ हजार ३५७ मत पाएका छन्। यस्तै राप्रपाका उम्मेदवारले २ हजार १९४ मत पाएका छन्।

Nepali Khaja

अहिलेसम्म वडा नम्बर १, २, ३, ४, १७, १८ र १९ को मतगणना सम्पन्न भएको छ। बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा धनगढीमा रहेका ९३ हजार १५१ मतदातामध्ये ६३ हजार ७१५ जनाले मतदान गरेका थिए। गोदावरी न्युज बाट सभार

 

kfg mit mart
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.