सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

आउँदो शुक्रवार पनि पानी पर्ने सम्भावना

आउँदो शुक्रवार हुने पालिका चुनावका दिन पनि पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

मतदान हुने दिन शुक्रवार देशका मध्य र पूर्वी क्षेत्रमा पानी पर्ने अनुमान रहेको मौसमविद् विष्णु घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार बङ्गालको खाडीमा चक्रवात विकसित हुने क्रममा रहेकाले चुनावका दिन त्यसको केही प्रभावले पानी पर्ने अनुमान गरिएको हो ।

यसैबीच, आज पनि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको छ । आज दिउँसो वाग्मती, गण्डकी, लुम्बिनी र प्रदेश–१ का केही ठाउँमा मेघगर्जनसहित पानी पर्ने मौसमविद् घिमिरेले बताउनुभयो।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

यस्तै अन्य प्रदेशका एक÷दुई ठाउँमा मेघ गर्जनसहित हल्का पानी पर्ने सम्भावना छ । नेपालमा अहिले स्थानीय वायुसँगै पश्चिमी न्यून चापीय प्रणाली र भारतको मध्य प्रदेशदेखि तमिलनाडुसम्म बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभाव परेको छ । यसका कारण दिनहुँजसो पानी परिरहेको छ ।

यस्तै, यसपालि मनसुनमा पनि सरदरभन्दा बढी पानी पर्ने अनुमान छ ।

जल तथा मौसम विज्ञान विभागको अनुमानअनुसार आउँदो जेठ १८ गतेदेखि असोज १४ गतेसम्मको चार महिनाको मनसुन सिजनमा देशका धेरैजसो ठाउँमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना रहेको छ । उज्यालो अनलाइन बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.