

कैलालीमा दुई जना मृत फेला परेका छन्। आइतबार जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर १० पहलमानपुरस्थित तुल्सिपुर सामुदायिक वनमा उनीहरु मृत अवस्थामा भेटिएका हुन्।

बझाङको जयपृथ्वी घर भएका २८ वर्षीय अमर जोशी र २४ वर्षीया अस्मिता सिंह मृत फेला परेका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए ।

अमर दोस्रो विवाह गरेर गत चैतमा बझाङबाट कैलाली आएका थिए। प्रहरीका अनुसार उनले अस्मितासंग दोस्रो विवाह गरेका हुन्। अमर र अस्मिता केहीदिन घोडाघोडी नगरपालिका वडा नम्बर ५ मा आफ्ना आफन्तसंग बसेका थिए। घटनाबारे प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ। गोदावरी न्युज बाट सभार
