सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

अछाममा चट्याङ्ग लागेर एक जनाको मृत्यु

अछाममा चट्याङ्ग लागेर एक जनाको ज्यान गएको छ । चार जना घाइते भएका छन् ।

गएराति हावाहुरी र पानीसँगै परेको चट्याङ्ग लागेर अछामको पञ्चदेवल निवायक नगरपालिका वडा नम्बर ७ को पुल्लेतोला काटियाँका १२ वर्षीय सुरत कामीको ज्यान गएको हो ।

जिल्ला प्रशासन कार्यालय अछामका प्रशासकीय अधिकृत तथा सूचना अधिकारी दिपेश रिजालका अनुसार घाइतेहरुमा ६० वर्षका रने कामी, ५५ वर्षका मना कामी, ५० वर्षकी जयसरा कामी र ७० वर्षका वृकिसे रावल हुन् । घाइते सबैको अवस्था सामान्य रहेको रिजालले जानकारी दिए । उपहार खबर बाट सभार

 

 

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.