सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

अछाममा बँदेलको आक्रमणबाट एक जनाको ज्यान गयो

अछाममा बँदेलको आक्रमणमा परि एक जनाको ज्यान गएको छ । जिल्लाको मेल्लेख गाउँपालिका – ६ शोषशाका ४० वर्षीय केशर बोहराको ज्यान गएको हो ।

उहाँलाई शनिबार बिहान घर नजिकै बँदेलले आक्रमण गरेको मेल्लेख गाउँपालिकाका उपाध्यक्ष नृप खड्काले बताउनुभयो । बँदेलकको आक्रमणबाट घाइते बोहराको उपचारको क्रममा बयालपाटा अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

Sana Kishan

World Link Ads
Mahakali Polytechnic

मृतक बोहरा मेल्लेख गाउँपालिकाको कार्यलयमा सहयोगी पदमा कार्यरत हुनुहुन्थ्यो । पछिल्लो समय अछाम जिल्लामा जंगली जनावरहरुको आतंक बढ्दो क्रममा रहेको छ । लेकाली भेगमा मात्र नभएर गाउँ नजिकसम्म पनि जंगली जनावरहरुको बिगबिगी छ । किसानहरुले लगाएका विभिन्न बालीहरु जंगली जनावर बँदेल, भालु, बाँदर लगायतले नष्ट गर्न थालेपछि यहाँका नागरिकहरु चिन्तित बनेका छन् ।

Dirghayu Ads

जिल्ला प्रशासन कार्यालय अछामले जंगली जनावरहरु लेकतिर चिसो बढेपछि गाउँ नजिक आउने भएकाले उनीहरुको आक्रमणबाट बच्न समूहमा हिँड्न अनुरोध गरेको छ । चन्द्र थापा़ले उज्यालो अनलाइनमा लेखेका छन्।

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.