सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

युवा नेता महेश प्रशाद पन्तले भीमदत्तमा मेयरका लागी थाले घरदैलौ अभियान !

महेन्द्रनगर– कञ्चनपुरको भीमदत्त नगरपालिकाको मेयर पदका उम्मेदवार महेश प्रशाद पन्तले चुनावी घरदैलो अभियान सुरु गरेका छन् । स्थानीय निर्वाचनका लागि नेकपा एमालेबाट मनोनयन दर्ता गराएसँगै युवा नेता पन्त घरदैलो अभियानमा जुटेका हुन् । एमालेले नतासहित उम्मेदवार घरदैलो अभियानमा लागेका छन् ।

उनिसँगै उप मेयर पदकी उम्मेदवार भुवन कुवँरलगायत अन्य उम्मेदवार र स्थानीय नेताहरुको चुनावी अभियानमा सहभागीता रहेको छन । ‘स्थानीय निर्वाचनका लागि पार्टी चुवानी अभियानमा होमीएको छ ।’ उम्मेदवार पन्तले भने ‘आम मतदाताबाट राम्रो प्रतिक्रिया पाईरहेको छु, भीमदत्तमा हाम्रो जित सुनिश्चत छ ।’ एमालेले सबै नगर र वडा कमिटिलाई निर्वाचनमा परिचालन गरेको छ ।

Sana Kishan

घरदैलो अभियानमा स्थानीय मतदाताको माग, समस्या र जन अपेक्षा समेत संकलन भईरहेको उनको भनाई छ । उनले युवा, स्वरोजगार, श्रमको सम्मान, निम्न वर्गाीय समुदायको उत्थानका लागि आफुले काम गर्ने बताए । ‘पालिकाको नेतृत्व पाएपछि विकास निर्माण कार्य अनिवार्य नै हो, त्योसँग समुन्नत समाज निर्माणका लागि सामाजिक रुपान्तरण, जनजीविकाका सवालहरु मेरा मुख्य मुद्धा बन्छन् ।’ उनले भने ‘सर्वहारा, मदजुर, किसान र युवालक्षीत योजना छन्, स्वदेश रोजगारी र श्रमको सम्मान गर्ने अवस्था सिर्जना गर्छु ।’ सीमा सुरक्षा, लागु औषध नियन्त्रण, गरिबि निवारणका लागी पनि आफुले पहल गर्ने उनको भनाई छ ।

World Link Ads
Mahakali Polytechnic

२०५३ सालबाट विद्यार्थी संगठनबाट राजनीति सुरु गरेका पन्त २०६२्६३ को जनआन्दोलको बेला जनज्योती गोलीकाण्डका घाईते समेत हुन् । उनीमाथि शाही सेनाले गोली प्रहार गरेको थियो । ३९ वर्षीय युवा नेता पन्तले पार्टी नेतृत्वको केन्द्रीय र स्थानीय सरकारले गरेका कामहरुले नै आफुले चुनाव जित्ने प्रमुख आधार भएको बताए । एमालेका युवा नेता पन्त तत्कालिन नेकपाका प्रदेश कमिटि सदस्य हुन् । सिद्धनाथ बहुमुखीकोे स्ववियु अध्यक्ष हुदै अनेरास्ववियुको केन्द्रीय सचिवालय सदस्य समेत रहेर उनले काम गरि सकेका छन् । मदन गीरीले kanchanpurnews.com मा लेखेका छन्।

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.