सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कांग्रेसबाट धनगढीको मेयरमा फेरी नृपबहादुर वड उम्मेदवार

नेपाली काँग्रेसले धनगढी उपमहानगरपालिकाको मेयरमा फेरि नृपबहादुर वडलाई उम्मेदवार बनाउने भएको छ । धनगढीको मेयरका लागि काँग्रेसबाट सात जनाले आवेदन दिएकोमा वडलाई फेरि उम्मेदवार बनाउने तयारी भएको हो ।

Sana Kishan

सत्तारुढ गठबन्धनको भागवण्डामा धनगढीको मेयर काँग्रेसको भागमा परेपछि काँग्रेसको कार्यदलले वडको नाम टुंगो लगाएको हो । धनगढीको मेयरमा वडलाई दोहर्याउने निर्णय भएको नेपाली कांग्रेस कैलालीका सभापति नारायणदत्त भट्टले बताए । उपमेयर भने माओवादीको भागमा परेको उनले बताए ।

धनगढीको मेयरमा उम्मेदवार हुने टुंगो लागेपछि आजै वडले राजीनामा दिने तयारी गरेको बताइएको छ । उनी २०७४ सालमा पनि नेपाली कांग्रेसबाट धनगढीको मेयरमा निर्वाचित भएका थिए । सगुन खबर बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.