

अहिले देशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङ्गसहित पानी परिरहेको छ ।
स्थानीय वायु र पश्चिमी वायुको प्रभावका कारण विशेष गरी अहिले काठमाण्डौ, चितवन, पोखरा, पाल्पा, तनहुँ, नवलपरासी, गोरखा, रुपन्देही लगायतका ठाउँमा मेघगर्जन र चट्याङ्गसहित पानी परिरहेको मौसमविद् विनु महर्जनले जानकारी दिनुभयो । उहाँका अनुसार अबको एक÷दुई घन्टापछि यी ठाउँको बिस्तारै मौसम सफा हुँदै जानेछ भने पूर्वी क्षेत्रतिर पानी पर्ने क्रम सुरु हुनेछ ।


पूर्वी क्षेत्रमा पनि एक वा दुई घन्टा पानी परेर रोकिने छ । बाँकी ठाउँको मौसम भने सामान्य बद्ली मात्रै हुने उहाँले बताउनुभयो । प्रि–मनसुनका बेला बेलुकीपख हावाहुरी, मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने गर्छ । तर प्रि–मनसुनमा लगातार पानी पर्ने सम्भावना भने हुँदैन ।

तराईका धेरैजसो ठाउँमा भने पानी पर्ने बादल बन्न नसकेकाले पानी परेको छैन । तराईका क्षेत्रमा भने गर्मी बढ्दो क्रममा रहेको मौसम पूर्वानुमान महासाखाले जनाएको छ। उज्यालो अनलाइन बाट सभार
