Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

मानसिक रोग केहो?, कसरी छुटकारा पाउने ? -मानसिक रोगबारे जान्नैपर्ने कुराहरू

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
चैत्र २४, २०७८
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

मस्तिष्कसँग सम्बन्धित मानसिक रोग पछिल्लो समय जो कोहीका लागि एउटा ठुलो समस्या बनेको छ । एन्जाइटी, डिप्रेसन जुनसुकै उमेर समूहका व्यक्तिले भोग्दै आएको मानसिक समस्या हो । एक अध्ययनअनुसार हरेक पाँच जनामध्ये एक जनामा कुनै न कुनै प्रकारको मनोरोग पाइने गरेको छ । मानसिक रोग विभिन्न प्रकारका हुन्छन् । यसबाट छुटकारा पाउन कुनै पनि खालको उपचारात्मक पद्धतिकै आवश्यकता हुने गर्छ ।

जो कोहीलाई हुन सक्छ

धेरै मानिसहरूको बुझाइ छ, मानसिक रोग कमजोरलाई हुन्छ तर त्यो सत्य होइन । मानसिक रोग कुनै पनि व्यक्तिको शारीरिक अवस्थासँग सम्बन्धित हुँदैन, न त यसको सम्बन्ध उसको व्यक्तित्व या गुणसँग हुन्छ । हरेक उमेर समूह, हरेक समुदाय, हरेक आर्थिक अवस्थाका व्यक्ति मनोरोगबाट प्रभावित हुन सक्छन् । त्यसैले, मनोरोग र मनोरोगीलाई हल्का रूपमा नलिई गम्भीरता आवश्यक छ । मानसिक रोग सामाजिक, अनुवांशिक, जैविक वातावरणीय वा मनोवैज्ञानिक धेरै कारणले हुन सक्छ ।

 

 

रोगको प्रकृति फरक

मनोरोग मानसिक स्थितिसँग सम्बन्धित भएकाले सामान्य हिसाबमा कोही मनोरोगी हिंसात्मक हुन सक्छन् । अरूलाई मात्रै होइन, आफैमाथि पनि हिंस्रक हुन सक्ने हुँदा मनोरोगीको विशेष हेरचाह अत्यावश्यक छ । तर यसो भन्दैमा मनोविकार भएका व्यक्तिहरू सधैँ हिंस्रक नै हुन्छन् भन्ने पनि होइन । मनोरोगीहरूको हिंसात्मक क्रियाकलाप रोगका कारणले हुन्छ भन्ने पनि होइन, यसमा उनीहरूले कस्तो उपचार र व्यवहार पाउँछन् भन्नेमा पनि निर्भर रहन्छ । कुनै मनोरोगी आफैमा गुमसुम रहने निकै शान्त स्वभावका पनि हुन्छन् ।

मानसिक रोगको उपचार छ

कुनै पनि रोगको उपचार सम्भव भएजस्तै मानसिक रोगको पनि उपचार छ । समयमै रोगको सही ढङ्गले पहिचान गर्न सकियो भने मानसिक रोगी पूर्ण रूपमा निको हुन सक्छन् । तिनलाई राम्रो हेरचाह र उचित सहयोग, समर्थनको आवश्यकता रहन्छ । मनोरोगीलाई मानसिक अस्पताल नै आवश्यक हुन्छ भन्ने आममान्यता छ तर मनोरोगका कतिपय अवस्थाका लागि अस्पताल आवश्यक हुँदैन । उनीहरूको सफल उपचारको सबैभन्दा महत्वपूर्ण भाग प्रियजन अनि परिवारका सदस्यहरुले कति राम्रोसंग हेरचाह गर्न सक्षम छन् भन्नेमा पनि भर पर्छ । यसको उपचार औषधिजन्य ट्याबलेट नभएर उसको उचित स्याहारसुसार नै हो ।

भ्रमबाट टाढा

नेपाली समाजमा भ्रम, अन्धविश्वास र अनावश्यक मान्यताबाट हामी ग्रसित छौँ, जसले मानसिक स्वास्थ्यलाई कमजोर तुल्याउँछ । हाम्रा धर्म, मान्यता अनि अन्धविश्वास पनि मनोरोगको एउटा कारक बनेको छ । तर हामीले यस्ता भ्रमहरूबाट छुटकारा पाउन सक्नुपर्छ । विभिन्न धार्मिक अन्धविश्वास र भ्रमका कारण पनि मानसिक रोगलाई झन् बढावा दिन्छ ।

थेरापी र परामर्श

सामान्य अवस्थाका मानसिक रोगीहरूले उनीहरूको आफ्नो इच्छा र क्षमताका आधारमा जुनसुकै काम गर्न सक्छन् । यसले उनीहरूको अवस्था सुधार गर्न पनि सहयोग गर्छ ।

धेरै मनोचिकित्सक यस मामिलामा थेरापी र मनोपरामर्श दिन्छन् । केही केसमा औषधि पनि चाहिन्छ । तर थेरापी र परामर्श नै बिरामीको अवस्था सुधार गर्न प्रमाणिक भएको पाइन्छ । राम्रो र स्वच्छ वातावरणमा बसेर तनाव नलिई जीवनयापन गर्न सकियो भने मानसिक रोगी भइन्न ।

सहयोग जरुरी

मनोरोग मानसिक स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्धित हुने भएकाले कतिपय अवस्थामा मनोचिकित्सकहरूको विशेष उपचारात्मक भूमिका हुने गर्छ । हरेक परिस्थितिमा हामीकहाँ अस्पताल सम्भव नभएकाले एक हेरचाहकर्ताको रूपमा परिवारका सदस्य पनि एक मनोचिकित्सकको भूमिका निर्वाह गर्न सक्छन् । सहयोगी र बुझ्ने वातावरण पनि यस्ता बिरामीको प्रमुख आवश्यकतामध्ये एक हो । उसलाई महसुस गराउनुहोस् कि तपाईं सधैँ उहाँको लागि हुनुहुन्छ । यसका लागि तपाईं आफै पनि मानसिक स्वास्थ्यसम्बन्धी सही ज्ञान राख्न आवश्यक हुन्छ ।

(Source : ratopati.com)

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो
स्वास्थ्य

स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो

असार ३, २०८३
कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता
स्वास्थ्य

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता

असार २, २०८३
आज विश्व रक्तदाता दिवस मनाइँदै
स्वास्थ्य

आज विश्व रक्तदाता दिवस मनाइँदै

जेष्ठ ३१, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कञ्चनपुरको भीमदत्त-११ द्वारा वडाका ३२ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण

कञ्चनपुरको भीमदत्त-११ द्वारा वडाका ३२ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण

असार ६, २०८३
वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

असार ५, २०८३
कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

असार ५, २०८३
आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

असार ५, २०८३
डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

असार ५, २०८३
विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

असार ५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व