सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुत्ने बेलामा नगर्नुस् यी ८ काम !!

सुत्ने कोठा हाम्रो जीवनको महत्वपूर्ण स्थल हो । यहाँ हामीले दिनको २४ घण्टा मध्ये कम्तिमा ६ घण्टा भन्दा बढि नै विताउँछौं । तर यी सुत्ने कोठामा विभिन्न गलत काम गर्दा हामीलाई सुत्न समस्या हुन्छ। यहाँ सुत्ने समयमा गर्न नहुने ८ कामको चर्चा गरिएको छ।

१. सुत्ने बेलामा धुम्रपान गर्ने बानी छ भने आजै देखि छोड्नुस्। यसले तपाइलाई निद्रा नलाग्ने समस्या हुन सक्छ।

२. सुत्ने समयमा रक्सी पिउने आदत छ भने पनि खराव हो। यसले तपाइँको निद्रा खराव हुन्छ र विहान पनि ह्याङओभरको समस्या हुन्छ।

World Link Ads
Mahakali Polytechnic

३. अनिद्राको कारण हाम्रो चिया कफीमा पाइने क्याफिन पनि हो। सुत्ने बेलामा कफी वा चिया खाने बानी छ भने आजै देखि छोड्नुस्।

Dirghayu Ads
Sana Kishan

४. गुलियो खाएर सुत्ने बानी छ भने त्यो पनि राम्रो होइन। सुत्ने बेलामा चिनी हालेको खाद्य पदार्थ सके सम्म नखाएकै राम्रो।

५. सुत्न जानु अघि मसलेदार खाना पनि नखाएको राम्रो हुन्छ। यसले तपाइँको निद्रा विथोलिदिन्छ।

६. सुत्नु अघि तरल पदार्थको सेवन पनि नराम्रो मानिन्छ। यसले तपाइँलाई बारम्बार बाथरुम जानु पर्छ र निद्रा विथोलिन्छ।

७. विहान ढिलो उठ्नु छ भन्दैमा राति सम्म टिभी हेरेर बस्ने बानी पनि खराव छ। यसले स्वास्थ्य र निद्रा दुवैमा प्रतिकुल असर गर्छ।

८. राति सुत्नु अघि अफिसको काम बारे नसोंच्नुस्। यसो गर्दा तनावले निद्रा नलाग्ने समस्या हुन सक्छ। नयाँ पुस्ता बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.