Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

मैले यसकारण छाडे एमाले : मेयर अशोक कुमार चन्द

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
चैत्र २०, २०७८
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

महेन्द्रनगर । नेकपा (एमाले) बाट निर्वाचित बेदकोट नगरपालिकाका नगर प्रमुख अशोककुमार चन्दसहित ५ सय बढी कार्यकर्ता नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका छन् ।

आइतबार बेदकोटको दैजीमा आयोजित आमसभामा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नगर प्रमुख चन्दसहित ५ सय बढीलाई पार्टी प्रवेश गराएका हुन् ।

आमसभालाई सम्बोधन गर्दै नगर प्रमुख चन्दले एमालेमा आफूलगायतलाई अपमानित गरिएको बताए । ‘हामीलाई जिम्मेवारीबाट हटाइयो, जिम्मेवारी ठूलो कुरा होइन,’ उनले भने, ‘स्वाभिमानका साथ बसिरहेका हामी हरुलाई अपमानित गरियो । अपमानित र अपहेलित भएकै कारणले विद्रोह गर्न बाध्य भयौं ।’

२२ वर्ष एमालेमै सक्रिय भएर काम गरेको उनको भनाई छ । ‘एमाले छोड्न चाहेका थिएनौं, बाध्यताले छोडेका हौं,’ उनले भने, ‘जिल्ला नेतृत्व र इन्चार्जले हाम्रा साथीहरुलाई छानीछानी किनारा लगायो, भूमिकाविहीन बनायो ।’ जिल्ला नेतृत्वले आफु निकटलाई मात्रै जिम्मेवारी दिएको उनले बताए ।

‘जिल्ला अधिवेशनदेखि नै हामीलाई निसाना बनाइयो, निर्वाचन तोकिएको समयमा भएन्, एकै व्यक्तिले ७ देखि २१ मत हालेको पायौं,’ उनले भने, ‘त्यसपछि पनि हामी पार्टीकै लागि काम गर्ने गरी अघि बढेका थियौं, तर, हाम्रा साथीहरुलाई जिम्मेवारी दिइएन् ।’

पार्टी परित्याग गर्ने कुरा सार्वजनिक भएपछि एमाले महासचिव शंकर पोखरेललगायतका नेताहरूले फोन गरेर उक्त कदम फिर्ता लिन आग्रह गरेको चन्दको भनाइ थियो । एमाले नसुध्रिएसम्म एकता र सहकार्य नगरिने उनले बताए ।

गत वर्ष एमालेका अध्यक्ष तथा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गर्दा चन्द माधव नेपाल समूहमा लागेका थिए । पार्टी विभाजनपछि भने उनी १० बुँदे कार्यान्वयन हुने अपेक्षामा एमालेमै रहे ।

एमालेको पुस अन्तिममा सम्पन्न जिल्ला कमिटीको अधिवेशनमा चन्द सचिवमा झिनो मतले पराजित भएका थिए । पराजय स्वीकार गर्दा पनि आफ्नो प्यानलका निर्वाचित नेताहरूलाई कुनै पनि जिम्मेवारी नदिएको भन्दै उनी रुष्ट बनेका थिए ।

२०५६ मा तत्कालीन दैजी गाविसमा गाउँ कमिटी सदस्यबाट एमाले राजनीतिमा लागेका उनी युवा संघका केन्द्रीय सचिवसमेत भएका थिए । सीमारेखा बाट सभार

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री
राजनीति

चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री

असार ४, २०८३
नेपाल फर्किने वातावरण बनाउन देउवा दम्पतीको सरकारसँग आग्रह
राजनीति

नेपाल फर्किने वातावरण बनाउन देउवा दम्पतीको सरकारसँग आग्रह

असार ३, २०८३
जंगली हात्तीको त्रास कहिले अन्त्य हुन्छ बाहुनडाँगीमा? : निशा डाँगी
राजनीति

जंगली हात्तीको त्रास कहिले अन्त्य हुन्छ बाहुनडाँगीमा? : निशा डाँगी

असार १, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कञ्चनपुरमा एन्फा कम्युनिटी कोर्ष : सुदूरपश्चिमले पायो ४३ जना नयाँ फुटबल प्रशिक्षक

कञ्चनपुरमा एन्फा कम्युनिटी कोर्ष : सुदूरपश्चिमले पायो ४३ जना नयाँ फुटबल प्रशिक्षक

असार ५, २०८३
सुनचाँदीको भाउ सामान्य घट्यो

सुनचाँदीको भाउ सामान्य घट्यो

असार ४, २०८३
झापामा हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन हुने

झापामा हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन हुने

असार ४, २०८३
चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री

चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री

असार ४, २०८३
विदेशी पीआर लिएर लामो समयदेखि गायब कर्मचारीसँग स्पष्टीकरण माग

विदेशी पीआर लिएर लामो समयदेखि गायब कर्मचारीसँग स्पष्टीकरण माग

असार ४, २०८३
फिफा विश्वकपमा कोलम्बियाको शानदार जित

फिफा विश्वकपमा कोलम्बियाको शानदार जित

असार ४, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व