सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

मैले यसकारण छाडे एमाले : मेयर अशोक कुमार चन्द

832
Sana Kishan

महेन्द्रनगर । नेकपा (एमाले) बाट निर्वाचित बेदकोट नगरपालिकाका नगर प्रमुख अशोककुमार चन्दसहित ५ सय बढी कार्यकर्ता नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका छन् ।

आइतबार बेदकोटको दैजीमा आयोजित आमसभामा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नगर प्रमुख चन्दसहित ५ सय बढीलाई पार्टी प्रवेश गराएका हुन् ।

Arus

आमसभालाई सम्बोधन गर्दै नगर प्रमुख चन्दले एमालेमा आफूलगायतलाई अपमानित गरिएको बताए । ‘हामीलाई जिम्मेवारीबाट हटाइयो, जिम्मेवारी ठूलो कुरा होइन,’ उनले भने, ‘स्वाभिमानका साथ बसिरहेका हामी हरुलाई अपमानित गरियो । अपमानित र अपहेलित भएकै कारणले विद्रोह गर्न बाध्य भयौं ।’

२२ वर्ष एमालेमै सक्रिय भएर काम गरेको उनको भनाई छ । ‘एमाले छोड्न चाहेका थिएनौं, बाध्यताले छोडेका हौं,’ उनले भने, ‘जिल्ला नेतृत्व र इन्चार्जले हाम्रा साथीहरुलाई छानीछानी किनारा लगायो, भूमिकाविहीन बनायो ।’ जिल्ला नेतृत्वले आफु निकटलाई मात्रै जिम्मेवारी दिएको उनले बताए ।

Karnali Traders

‘जिल्ला अधिवेशनदेखि नै हामीलाई निसाना बनाइयो, निर्वाचन तोकिएको समयमा भएन्, एकै व्यक्तिले ७ देखि २१ मत हालेको पायौं,’ उनले भने, ‘त्यसपछि पनि हामी पार्टीकै लागि काम गर्ने गरी अघि बढेका थियौं, तर, हाम्रा साथीहरुलाई जिम्मेवारी दिइएन् ।’

पार्टी परित्याग गर्ने कुरा सार्वजनिक भएपछि एमाले महासचिव शंकर पोखरेललगायतका नेताहरूले फोन गरेर उक्त कदम फिर्ता लिन आग्रह गरेको चन्दको भनाइ थियो । एमाले नसुध्रिएसम्म एकता र सहकार्य नगरिने उनले बताए ।

गत वर्ष एमालेका अध्यक्ष तथा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गर्दा चन्द माधव नेपाल समूहमा लागेका थिए । पार्टी विभाजनपछि भने उनी १० बुँदे कार्यान्वयन हुने अपेक्षामा एमालेमै रहे ।

एमालेको पुस अन्तिममा सम्पन्न जिल्ला कमिटीको अधिवेशनमा चन्द सचिवमा झिनो मतले पराजित भएका थिए । पराजय स्वीकार गर्दा पनि आफ्नो प्यानलका निर्वाचित नेताहरूलाई कुनै पनि जिम्मेवारी नदिएको भन्दै उनी रुष्ट बनेका थिए ।

२०५६ मा तत्कालीन दैजी गाविसमा गाउँ कमिटी सदस्यबाट एमाले राजनीतिमा लागेका उनी युवा संघका केन्द्रीय सचिवसमेत भएका थिए । सीमारेखा बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.