सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीमा ७८ हजार बालबालिकालाई टाइफाइड विरुद्धको खोप दिइने

228
Sana Kishan

बैतडीमा ७८ हजार बालबालिकालाई टाइफाइड विरुद्धको खोप दिइने भएको छ । १५ महिनादेखि १५ बर्ष सम्मका बालबालिकाहरुलाई खोप दिइने स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । खोप अभियानमा ६२० स्वास्थ्यकर्मी र १ हजार ४ सय स्वयंसेवक खटाउने तयारी भएको छ । यस्तै जिल्लामा ५ सय ८६ खोपकेन्द्रबाट खोप दिइने स्वास्थ्य प्रमुख भट्टले बताए ।

टाइफाइड रोगबाट बचाउनका लागि बालबालिकाहरुलाई टाइफाइड विरुद्धको खोप पहिलो पटक दिन लागिएको हो । यो खोपको प्रतिरोधात्मक क्षमता झण्डै ९७ प्रतिशत रहेको स्वास्थ्यकर्मीहरुले बताएका छन् । बैतडीमा यही चैत २५ गतेदेखि वैशाख ८ गते सम्म खोप अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालयले जनाएको छ ।

Arus
Karnali Traders

बैतडीका ८ ओटा स्थानीय तहमा चैत २५ देखि २९ गतेसम्म टाइफाइड विरुद्धको खोप अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक भुवन जोशीले बताए । दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, पुर्चौंडी नगरपालिका,सिगास गाउँपालिका, डिलाशैनी गाउँपालिका,दोगडाकेदार गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिकामा चैत २५ देखि २९ गते सम्म खोप अभियान सञ्चालन हुने जोशीले बताए ।

यस्तै सुर्नया गाउँपालिकामा आगामी वैशाख २ गतेदेखि ६ गते सम्म र मेलौली नगरपालिकामा आगामी वैशाख ४ गतेदेखि ८ गतेसम्म खोप अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालयले जनाएको छ । सगुन खबर बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.