सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुदूरपश्चिममा चुनावी गठबन्धन हुँदैन : प्रदेश सभापति बलायर

नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति तथा पूर्वमन्त्री वीरबहादुर बलायरले आसन्न स्थानीय निर्वाचनमा सुदूरपश्चिममा चुनावी गठबन्धन नहुने बताएका छन्।

प्रेस युनियन डडेल्धुरा शाखाले सोमबार गरेको पत्रकार सम्मेलनमा उनले गठबन्धन नहुने बताएका हुन्। सिंहदरबारका लागि गठबन्धन भए पनि स्वच्छ रूपमा गठबन्धन हुन नसकेको उनको भनाइ छ।

उनले केही प्रदेशमा गठबन्धन भएपनि सुदूरपश्चिममा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीको बहुमत रहेकोले सरकारमा आफूहरू अटाउन नसकेको बताए।

World Link Ads
Mahakali Polytechnic

‘हामीहरू न सरकारमा छौं, न शक्तिमा छौं तर यो सरकारलाई हामीले साथ दिइरहेका छौं,’ उनले भने, ‘यदि गठबन्धन हो भने त सुदूरपश्चिममा कांग्रेस सरकारमा हुनु पर्थ्यो। प्रदेश सरकारमा कांग्रेसलाई ल्याउन नचाहेकाले गठबन्धनको सम्भावना टाढिएको छ।’

सरकारमा रहेका दलबाट कांग्रेसलाई पेल्ने मात्र काम भएको जिकिर उनले गरे। ‘उहाँहरू र हाम्रो आवश्यकता भएको ठाउँमा मात्र गठबन्धन हुन्छ,’ उनले भने, ‘चुनाव नजिकिँदै गर्दा पनि अहिलेसम्म छलफल वार्ता केही हुन सकेको छैन। हामी गठबन्धन गरौं भनेर कसको दैलोमा जाने? त्यसैले हामीले जनतालाई कांग्रेस एक्लै चुनावमा जाने सन्देश दिएका छौं।’

Sana Kishan

संस्थापनइतर पक्षका नेता हरिप्रसाद भट्टले अमरगढी नगरपालिकाको प्रमुखमा दिएको उम्मेदवारीको विषयमा उनले कांग्रेसको माध्यमबाट उम्मेदवारीको चाहना आउनुपर्ने बताए। केही दिनभित्र डडेल्धुरा जिल्लाका पूर्वसभापति कर्ण मल्लसँग कुराकानी गरेर उनको चाहना के हो र उनी के चाहन्छन्, पार्टीले सन्तुष्ट गर्न सक्छ कि सक्दैन भनेर छलफल गर्ने उनी बताउँछन्।

प्रचण्ड ‘डरपोक’ नेता

बलायरले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बारम्बार डराइरहने भएकोले कहिले एमाले र कहिले कांग्रेससँग मिल्ने गरेको बताए।

‘प्रचण्ड र माधवजीको पार्टी फलाउन फुलाउन आफ्नो पार्टीमा हामी आगो लगाउन सक्दैनौं। कांग्रेस बलियो भयो भने नेपालमा कम्युनिष्ट एक हुने चलन हो,’ उनले भने, ‘कांग्रेस बलियो हुँदा मिल्नु हुन्छ। शक्तिमा खान र लुट्न झगडा हुँदा फेरि मिल्नुहुन्छ।’

नेपालको राजनीति ध्रुवीकरण हुनुपर्ने र एउटा कम्युनिष्ट र एउटा कांग्रेस गरि दुई वटा मात्र मोर्चा हुनु पर्नेमा उनको जोड थियो। कांग्रेसले मजबुत बनाएको देशको ढुकुटी कम्युनिष्टले रित्याएको आरोप लगाउँदै कम्युनिष्टले देश तहसनहस बनाएको आरोप उनले लगाए। थाहा खबर बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.