सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

गठबन्धन गरेर जानु पर्छ भन्ने अधिकांशको मत छ : प्रकाशशरण महत

सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले आगामी स्थानीय तहको निर्वाचनमा आवश्यकताको आधारमा गठबन्धन गर्ने पक्षमा आफ्नो पार्टी रहेको बताएका छन् ।

पार्टी कार्यालय सानेपामा आइतबार बसेको केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै प्रवक्ता महतले हरेक वडा, पालिका र महानगरपालिकामा पार्टीले कसरी धेरैभन्दा धेरै सिट जित्छ र पार्टी बलियो बन्छ भन्ने कुरालाई ध्यानमा राखेर गठबन्धन हुने बताएका हुन् । उनले पार्टीले केन्द्रीय समिति बैठकमा सबै वक्ताहरुले बोलेपछि मात्रै यसबारेमा आधिकारिक निर्णय गर्ने पनि प्रस्ट पारे । प्रवक्ता महतले अहिलेसम्म अधिकांश वक्ताहरुले कतिपय ठाउँमा गठबन्धनसँग समझदारी गरेर नै जानुपर्ने धारणा राखेको बताए ।

Sana Kishan

‘वैशाख ३० गतेको स्थानीय तहको निर्वाचन छ । त्यसमा कसरी जाने भन्ने विषयमा पनि साथीहरुले आ–आफ्नो जिल्लाको अनुभवको आधारमा सुझाव सल्लाह दिनुभएको छ । गठबन्धनको आवश्यकता छ भन्ने नै कुरा उहाँहरुले गर्नुभएको छ,’ प्रवक्ता महतले भने, ’आवश्यकताको सिद्धान्तमा निर्वाचनमा जाने भनेको भावनाको विषयमात्रै होइन, बढीभन्दा बढी सफलता निर्वाचनमा हासिल गर्नको लागि हामी निर्वाचनमा जाने र बढीभन्दा बढी सफलता हासिल गर्न कतिपय ठाउँमा समझदारी गरेर गठबन्धन गरेर पनि जानु पर्दछ भन्ने नै अधिकांश साथीहरुको मत छ ।’

World Link Ads
Mahakali Polytechnic

अब सोमबारसम्म सबै सदस्यले बोलिसकेपछि कुन खालको मोडालिटीमा जान्छ भन्ने कुराको निर्क्योल हुने प्रवक्ता महतले बताए । ekantipur.com बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.