नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धन हलोमा लाग्ने लुँडीजस्तै भएको बताएका छन्।
पार्टी निकट नेपाल मुस्लिम इत्तेहाद संगठनको छैठौं राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले आफूले हलो जोत्ने बेलाको कहानी सुनाउँदै यस्तो बताएका हुन्।
’म युवा हुँदा हलो जोत्थेँ, हलोमा झारपात आएर हलो चल्नै दिँदैन, त्यसलाई हाम्रो भाषामा लुँडि भन्छ’, त्यसलाई बेस्सरी दिनुपर्छ, अनि फेरि जोत्नुपर्छ, हाम्रो तरिका त्यहि हो’, सत्ता गठबन्धनलाई लक्षित गर्दै ओलीले भने, ’यिनीहरुको मोर्चा भनेको हलोमा लुँडी जस्तै हो, झारपातहरूको मोर्चा।’
उनले एमालेसँग कसैले पनि एक्लै चुनाव लड्ने आँट नगरेको बताए। कांग्रेस सभापति शेरबहादुर देउवाले एमालेसँग एक्लै लड्न नसक्ने भन्दै आफ्नो पार्टीका जिल्ला सभापतिहरूलाई हप्काएको उनले सुनाए।
ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कसै गरी पनि सुधार्न नसकिएको टिप्पणी गरे। थाहा खबर बाट सभार









Discussion about this post