नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादीका) अध्यक्ष माधवकुमार नेपालले अबको चुनावमा केपी ओली नेतृत्वको नेकपा एमालेलाई हराएर देखाइदिने बताएका छन्।
पार्टीको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई तम्घासमा सम्बोधन गर्दै अध्यक्ष नेपालले नेकपा एमालेलाई केन्द्र, प्रदेश सरकारबाट आफूहरूले नै धुलो चटाएर हटाएको समेत बताए।
यति गर्दा पनि केपी ओली नसुध्रिएकाले अब गुल्मी जिल्लाबाट पनि धुलो चटाइदिएपछि चुरीफुरी हराउने अध्यक्ष नेपालले बताए।
ओलीलाई बालुवाटारबाट बाल्कोटसम्म पु¥याउँदासमेत उनको चुरीफुरी अझै नहराएकाले आगामी निर्वाचनमा देशभरबाटै हराएर देखाइदिने समेत दाबी गरे।
आगामी वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा एमालेलाई गुल्मी जिल्लाबाटै हराउनका लागि शहरी विकासमन्त्री रामकुमारी झाँक्रीलाई जिल्लामै खटेर काम गर्न निर्देशन दिए। ’जसरी राजतन्त्रका निम्ति आन्दोलनमा उत्रिएका थियौं’ नेपालले भने,‘अब ओली प्रवृत्तिका निम्ति सबै शक्ति एक भएर अगाडि बढनेछौं।’
अध्यक्ष नेपालले अहिले ७ वटै प्रदेशमा ओली नेतृत्वको एमाले पार्टीमा सूर्य ग्रहण लागिसकेको समेत भन्न बाँकी राखेनन्। उनले एमाले अध्यक्ष केपी ओलीको अंहकारी सोचका कारण पार्टीमा सूर्य ग्रहण लागेको सुनाए।
ओलीले नेतृत्व गरेको पार्टीमा विचार, सिद्धान्त केही नभई ओलीका आसेपासेहरु मात्र रहेको आरोप लगाए। अध्यक्ष नेपालले एमाले कहिल्यै पनि जनताको पार्टी बन्न नसक्ने जिकीर गरे। थाहा खबर बाट सभार









Discussion about this post