सुदूरपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय कार्यालयमा प्रशासकीय प्रमुख पदमा कार्यरत सहप्रशासक गोविन्दवल्लभ पन्तको ५३ वर्षको उमेरमा निधन भएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १८ जानकी टोल बस्ने पन्तको शनिबार कैलालीको धनगढी स्थित निसर्ग अस्पतालमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतलाई उद्धृत गर्दै सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका उपप्राध्यापक हर्ष बहादुर चन्दले जानकारी दिनुभयो । मस्तिष्क घातबाट ग्रसित पन्तको पछिल्लो दुई महिनायता भेन्टिलेटरमा राखी उपचार भइरहेको थियो । हरिश्चन्द्र बागले नेपालबोध डटकममा लेखेका छन्।









Discussion about this post