कञ्चनपुर । कञ्चनपुरको एक सामुदायिक विद्यालयका कार्यरत विद्यालय कर्मचारी लक्ष्मण भट्ट नेपाल विद्यालय कर्मचारी परिष्दको केन्द्रीय उपाध्यक्षमा निर्वाचित भएका छन ।
नेपाल विद्यालय कर्मचारी परिष्दको छैठौँ राष्ट्रिय अधिवेशनबाट कञ्चनपुरका भट्ट बरिष्ठ उपाध्यक्षमा निर्बिरोध निर्वाचित भएका हुन ।
कञ्चनपुरको महेन्द्रनगर स्थित बैजनाथ माविका लेखा अधिकृत भट्ट नेपाल विद्यालय कर्मचारी परिष्द जिल्ला अध्यक्ष हुँदै केन्द्रीय बरिष्ठ उपाध्यक्षको जिम्मेबारीमा पुगेका हुन ।
सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीको हकहितका लागि भट्टले भूमिका निर्वाह गर्दै आएका छन । भट्टले आफुलाई पाएको जिम्मेबारी निर्भिकताका साथ पुरा गर्ने बताएका छन ।









Discussion about this post