Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

बच्चाको मोटोपन घटाउन आमाबुबाको भूमिका के ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
फाल्गुन २६, २०७८
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

तीन वर्षसम्म बुबाआमाहरूसँग धेरै घुलमिल गरेका बच्चाहरूको बीएमआई अर्थात् उचाइ अनुसारको मोटाइको अनुपात कम भएको पाइएको छ ।

बेलायतका बालबालिकासम्बन्धी स्वास्थ्यविद्ले उनीहरूलाई खानेकुराबारे बेलैमा सिकाउन सकेमा बालबालिकालाई दीर्घकालीन फाइदा मिल्ने पाइएको सो अध्ययनमा उल्लेख छ । उदाहरणको लागि खाने र सुत्ने बानीहरू बालबालिकामा छिट्टै विकास हुन्छन् ।

बच्चाहरूलाई खानेकुरा भोको हुँदामात्रै नदिएर उनीहरूलाई फकाउनका लागि दिने गर्नु हुँदैन । त्यसो गरेमा उनीहरू ठूलो भएपछि आफ्नो तनाव कम गर्नका लागि पनि खानामै जोड दिन्छन् जसले मोटोपना निम्त्याउँछ ।

के’मा ध्यान दिने ?
अमेरिकन मेडिकल एशोसियसनको जर्नलमा प्रकाशित एउटा अध्ययनमा नर्सहरूले पहिलोपटक बच्चा जन्माएका २ सय ७९ आमाहरूलाई घरमै बच्चा जन्मिएको भए ६ महिनासम्म र क्लिनिकमा भए १ देखि दुई वर्षसम्म कसरी बच्चाहरूको खानाको आवश्यकता पूरा गर्ने भनी सुझाएका थिए ।

नर्सहरूको उक्त टोलीले आमाहरूलाई प्राथमिकता दिएको थियो किनभने शिशुको स्याहारसुसारमा सुरुका महिना र वर्षहरूमा बुवाको भन्दा आमाको बढी भूमिका हुन्छ । त्यसरी दिइएको सुझावहरूमा, सुत्ने तालिका, भोकाएका बच्चालाई शान्त पार्न वैकल्पिक खानेकुराहरू, बालबालिका भोकाएको कसरी थाहा पाउने, उनीहरूको शारीरिक क्रियाकलापमा के कस्तो ध्यान दिनेलगायत थिए ।

ती बच्चाहरूलाई त्यसपछि तीन वर्षको उमेरमा जाँच गरिएको थियो । बच्चासँग कसरी व्यवहार गर्ने भनेर उपायहरू सिकाइएका आमाका बच्चाहरूको उचाइ र वजनको अनुपात कम देखियो । यस्तो गर्दा बालकहरू भन्दा बालिकाहरू बढी प्रभावित भएको पाइयो । अनुसन्धानकर्ताहरूले ९ वर्षको उमेरसम्म उनीहरूमाथिको अनुगमन जारी राख्छन् ।

बानी बसाल्न आवश्यक
यो अध्ययनको नेतृत्व गरेका पेन स्टेट विश्वविद्यालयका इयान पलले हुर्कँदो उमेरका साना बालबालिकाहरूको मोटोपनाको दर यसरी बढिरहेको बेला शिशु अवस्थामै उनीहरूलाई स्वस्थ बानी बसाल्न निकै महत्त्वपूर्ण हुन्छ । ‘सानै उमेरमा मोटोपना भएका बालबालिकाहरूमा उमेर बढ्दैजाँदा पनि मोटोपना रहिरहने खतरा बढी हुन्छ ।’

तर मोटोपनाको यो चक्रमा रोक लगाउन जिन्दगीभर प्रयासहरू गर्नुपर्छ । ‘बढी तौल भएका भएका बालबालिकाहरू अभिभावक भइसक्दा पनि बढी तौलकै हुन्छन् र उनीहरूबाट जन्मिएका बालबालिका पनि बढी तौलकै हुन्छन् ‘ यो चक्रमा तपाईँ कहाँ फेरबदल गर्नुहुन्छ ?’

‘हाम्रो अहिलेको अवस्थामा जीवनभरको प्रयास गर्न आवश्यक छ ।’ ब्रिटेनमा पनि तथ्याङ्कहरूले समान खालको समस्याहरू देखाउँछ । प्राथमिक विद्यालय सुरु गर्नु अगावै त्यहाँ झण्डै एक चौथाइ बालबालिकाहरूमा मोटोपना वा बढी तौल देखिन्छ भने उनीहरू ११ वर्ष पुग्दा त त्यो सङ्ख्या झण्डै १ तिहाइ पुगिसकेको हुन्छ । रोयल कलेज अफ पेडियाट्रिक्स एण्ड चाइल्ड हेल्थकी अध्यक्ष प्राध्यापक निना मोदीले शिशु अवस्थादेखि तीन वर्षसम्म गरिने व्यवहारले सानो तर स्थायी असर पु¥याउने बताएकी छन् । मकालु खबर बाट सभार

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण
स्वास्थ्य

काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण

साउन २२, २०८३
डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त
स्वास्थ्य

डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त

साउन २२, २०८३
कादिर आलम नेपाल फार्मेसी परिषद्को अध्यक्ष नियुक्त
स्वास्थ्य

कादिर आलम नेपाल फार्मेसी परिषद्को अध्यक्ष नियुक्त

साउन २०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कञ्चनपुरकी हेमन्ती महर डेनमार्कमा पूर्ण छात्रवृत्तिमा छनोट

कञ्चनपुरकी हेमन्ती महर डेनमार्कमा पूर्ण छात्रवृत्तिमा छनोट

साउन २९, २०८३
जनविश्वासको क्षय : सरकारका लागि एउटा गम्भीर चेतावनी

जनविश्वासको क्षय : सरकारका लागि एउटा गम्भीर चेतावनी

साउन २९, २०८३
नेपाली कांग्रेस संस्थापनइतर पक्षको राष्ट्रिय भेला सुरु

नेपाली कांग्रेस संस्थापनइतर पक्षको राष्ट्रिय भेला सुरु

साउन २९, २०८३
प्रहरी अनुसन्धानलाई प्रमाणमुखी र वैज्ञानिक बनाइँदै : आईजीपी कार्की

प्रहरी अनुसन्धानलाई प्रमाणमुखी र वैज्ञानिक बनाइँदै : आईजीपी कार्की

साउन २९, २०८३
कारागार ऐन संशोधन प्रक्रिया अघि बढाउने गृहमन्त्री गुरुङको प्रतिबद्धता

कारागार ऐन संशोधन प्रक्रिया अघि बढाउने गृहमन्त्री गुरुङको प्रतिबद्धता

साउन २९, २०८३
एसीसी प्रिमियर कपका लागि नेपाली टोलीको बिदाइ

एसीसी प्रिमियर कपका लागि नेपाली टोलीको बिदाइ

साउन २९, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व