काठमाडौं – देशका केही हिमाली क्षेत्रमा आज हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका साथै कोशी, बागमती र गण्डकी प्रदेशका उच्च हिमाली क्षेत्रमा मौसम बदली हुने सम्भावना छ।
महाशाखाका अनुसार अन्य अधिकांश स्थानमा मौसम सामान्यतया सफा रहनेछ। भोलि र पर्सि पनि देशका धेरैजसो ठाउँमा मौसम सफा रहने अनुमान गरिएको छ। तर, उच्च पहाडी तथा हिमाली क्षेत्रमा छिटपुट वर्षा र हिमपात हुन सक्नेछ।
त्यस्तै, तराई, उपत्यका तथा खोँचका केही स्थानमा बिहानपख हुस्सु र कुहिरो लाग्ने सम्भावना छ।
यसैबीच, काठमाडौं उपत्यकासहित देशभर चिसो बढ्न थालेको छ। आज बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १०.६ डिग्री सेल्सियस मापन भएको छ। हिजो न्यूनतम तापक्रम १२ डिग्री सेल्सियस रहेको थियो।










Discussion about this post