काठमाण्डौ – ओमानमा जारी यू–१९ एसिया कप क्रिकेटमा पाकिस्तानले भारतलाई ३ विकेटले पराजित गरेको छ।
भारतले दिएको २०९ रनको लक्ष्य पाकिस्तानले ४८ ओभर ५ बलमा ७ विकेट गुमाएर पूरा गर्यो। पाकिस्तानको जितमा हमजा जहूरले अविजित १०० रनको शतकीय इनिङ्स खेले। उनले हसनैन अब्बास मीरसँग छैटौँ विकेटका लागि १०७ रनको महत्वपूर्ण साझेदारी गरे।
यसअघि पहिले ब्याटिङ गरेको भारतले ४६ ओभर ३ बलमा सबै विकेट गुमाएर २०८ रन बनाएको थियो। भारतका अर्जुन राजपुतले १०७ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्।
जितसँगै पाकिस्तान ४ अंकसहित समूह ‘बी’ को शीर्ष स्थानमा पुगेको छ भने भारत २ अंकसहित दोस्रो स्थानमा छ।
यसैबीच, प्रतियोगितामा नेपाल यू–१९ टोली हिजो यूएईसँग ७ विकेटले पराजित भएको थियो। नेपालले समूह चरणको अन्तिम खेलमा भोलि पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।










Discussion about this post