साताको दोस्रो दिन अर्थात सोमबार पनि अहिलेसम्मका सबै रेकर्ड तोड्दै नेपाली बजारमा सुनको भाउ झन् उकालो लागेको छ।
आइतबार तोलाको २००० रुपैयाँले बढेको सुनको भाउ आज पनि प्रतितोला ११०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले नयाँ पुस्ता डटकमलाई जनाएको छ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलाको १ लाख ३ हजार रुपैयाँ कायम भएको छ। नेपाली बजारमा यो वर्षयता यो मूल्य अहिलेसम्मकै सबैभन्दा धेरै हो।
यसअघि पोहोर साउन महिनामा सुनको भाउ बढेर एक लाख तीन हजार ५ सय रुपैयाँसम्म पुगेको थियो।तर यो वर्ष भने सुनको मूल्यले नयाँ रेकर्ड बनाएको हो । यो वर्ष सुनको मूल्य यतिधेरै बढेको यो पहिलो पटक हो ।
आइतबार भने छापावाल सुन तोलाको १ लाख १ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी, आज तेजावी सुनको भाउ पनि बढेको छ । आज तेजावी सुन प्रतितोला १ लाख २ हजार ५०० रुपैयाँ निर्धारण भएको छ। आइतबार तेजावी सुन प्रतितोला १ लाख १ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तैगरी, सुनको भाउसँगै आज चाँदीको मूल्य भने उकालो लागेको छ । आइतबार १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार भने १० रुपैयाँले बढेर १ हजार ४ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ। पछिल्लो समय मूल्यवान धातु सुनको भाउ अत्यधिक बढेको छ ।
अहिले रुस र युक्रेनको युद्धका कारण विश्व बजारमा असर पर्न थालेको छ। दुई देशबीचको युद्धकै कारण सुनको भाउ समेत लगातार बढ्दै गएको हो। सुनको भाउ लगातार बढेर नयाँ रेकर्ड कायम गर्दै आएको छ। नयाँ पुस्ता बाट सभार









Discussion about this post