मनोज भट्ट (बैतडी) – शिशिर ऋतुको आगमन सँगै बैतडी लगायत सुदूरपश्चिमका पहाडी जिल्लाका वनहरुमा ढकमक्क लालीगुराँस फूल फुल्न थालेका छन् ।
विशेषत: रातो रङ्गको फुल्ने यो फूल फुलेको समयमा वनजङ्गल नै बेहुली सजिए जस्तै सुन्दर अनि मनमोहक देखिने गर्दछन्।

उक्त फूल कुनै कुनै ठाउँमा सेतो रङ्गको पनि फुल्ने गरेको स्थानीय बताउँछन्।
लालीगुराँस नेपालको राष्ट्रिय फूल पनि हो । उक्त फूल आकर्षक एवम् औषधीय गुणले भरिएको एक प्रकृतिको अनुपम उपहार हो ।

यो फूल पेलिया (jaundice) रोग भएका व्यक्तिका लागि निकै फाइदाजनक रहेको दशरथचन्द नगरपालिका वडा नम्बर एक का स्थानीय देवदत्त भट्ट ले बताएका छन् ।

लालीगुराँस माघ महिनामा फुल्न सुरु भएर करिब चैत्र महिनाको अन्तिम सम्म फुल्ने गरेको भट्टले बताए।














Discussion about this post