Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

युक्रेनमाथि रसियाले थाल्यो आक्रमण, रसियाली कदमको चौतर्फी विरोध

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
फाल्गुन १३, २०७८
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले छिमेकी मुलुक युक्रेनमाथि सैन्य आक्रमण सुरु गरिएको बिहीबार बिहान घोषणा गर्नुभएको छ । टेलिभिजनबाट प्रत्यक्ष सम्बोधन गर्दै राष्ट्रपति पुटिनले युक्रेनको पूर्वी क्षेत्रमा आक्रमण केन्द्रित गरिएको र त्यो रसियाको आत्मरक्षाका लागि भएको दाबी गर्नु भएको छ ।

आठ वर्षअघि १८ मार्च २०१४ मा युक्रेनको पूर्व–दक्षिण क्षेत्रमा अवस्थित सामरिक महत्वको क्राइमियालाई रसियामा गाभेको रसियाले फेरि पूर्वी युक्रेनका डोनबास क्षेत्र, डोनेस्क, लुहान्स्कलाई केही दिनअघि स्वतन्त्र राज्य घोषणा गरेको थियो । हाल डोनेस्क र लुहान्स्क क्षेत्रमा विद्रोही लडाकूहरुको नियन्त्रण छ । यस क्षेत्रमा जारी द्वन्द्वमा १३ हजारभन्दा बढीको ज्यान गइसकेको छ ।

रसियाले अहिले युक्रेनको पूर्वी भागमा रहेका तिनै क्षेत्रलाई केन्द्रित गरी सैनिक अपरेसन थालेको बताउँदै आएको छ, तर रिपोर्टहरुमा पूरै युक्रेनमा रसियाली सेनाले आक्रमण थालेको समाचार छ । युक्रेनसँग रहेको सेनाले रसियाली आक्रमण झेल्न कठिन हुने न्यूयोर्क टाइम्सले लेखेको छ । न्यूयोर्क टाइम्सका संवाददाताहरुले अमेरिका र नेटोले युक्रेनलाई उपलब्ध गराएको सीमित हातहतियार र तालिमले रसियाली आक्रमणको प्रतिरोध गर्न सक्नेमा शंका व्यक्त गरेका छन् ।

रसियालाई चिढ्याउन र युक्रेनमाथि आक्रमणका लागि उक्साउन एउटा कारक मानिएको उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) को गतिविधि पनि हो । युक्रेनको पछिल्लो राजनीतिक नेतृत्वले पश्चिमा मुलुकको सैनिक गठबन्धनका रुपमा परिचित नेटोको सदस्य बन्न तिब्र इच्छा जनाउँदै आएको छ, र पश्चिमा संचार माध्यमहरुले अधिकांश युक्रेनी जनता नेटोको सुरक्षा छाता मातहत रहन चाहेको समाचार प्रसार गरिरहेका छन् ।

तर रसियाले युक्रेनलाई नेटोको सदस्यता दिइए त्यो रसियासँगको विगतको सम्झौता विपरीत हुने र त्यसले रसियाकै अस्तित्व सङ्कटमा पर्ने बताउँदै आएको थियो । त्यही कारण, राष्ट्रपति पुटिनले युक्रेनलाई नेटोको सदस्यता दिइए त्यसको परिणाम गम्भीर हुने चेतावनी दिँदै आउनु भएको वर्षौं भइसक्यो । खासगरी, रसियासँग लामो सम्बन्ध रहेका पूर्वी युरोपेली मुलुकहरुमा नेटोको सदस्यतालाई लिएर रसिया र पश्चिमा मुलुकबीच निरन्तर विवाद चुलिँदै गएको छ । कुनै समय रसियाका राज्यहरु रहेका इस्टोनिया, लिथुआनिया र लाट्भियाले नेटोको सदस्यता लिइसकेका छन् भने पोल्यान्ड, रोमानीया र अरु कतिपय पूर्वी युरोपेली मुलुकहरु नेटोमा आबद्ध भइसकेका छन् । रसिया विरोधी सैनिक गठबन्धनका रुपमा खडा भएको नेटो अहिले युक्रेन हुँदै रसियाको सीमा नजिक पुगेको छ ।

रसियाका लागि पश्चिम र पूर्वी युरोपसँगको सम्पर्क र व्यापारका लागि युक्रेनको महत्व धेरै छ । आफ्नो मुलुकबाट इन्धन (ग्यास, खनिज तेल) को व्यापारका लागि युक्रेनी भूमिको प्रयोग रसियाका लागि अपरिहार्य झैं छ । यस्तो अवस्थामा युक्रेनमा नेटो गठबन्धनको व्यापक उपस्थिति भएमा कालान्तरमा रसिया घेराबन्दीमा पर्ने खतरा राष्ट्रपति पुटिनको छ ।

तर, रसियाबाट अलग्ग भएर स्वतन्त्रता प्राप्त गरेको झण्डै तीन दशकपछि युक्रेनमाथि रसियाले पुनः आक्रमण गर्ला भन्ने धेरैले कल्पनासम्म गरेका थिएनन् । तर अहिले ६९ वर्षीय रसियाली राष्ट्रपति पुटिनको महत्वाकाँक्षा बढेको छ, र राष्ट्रपति पुटिनका कदमहरुले समकालीन विश्वमा नयाँ त्रासको अवस्था सिर्जना गर्दैछ । पश्चिमा राष्ट्रहरु र रसिया–चीनका कारण विश्व राजनीति फेरि ध्रुवीकरण तर्फ अग्रसर हुन लागेको आभास हुन थालेको छ ।

कुनै पनि शक्ति राष्ट्रले साना राष्ट्रहरुलाई संरक्षण गर्नुपर्ने हो । तर, ठूला महाशक्ति राष्ट्रहरु नै साना राष्ट्रलाई छिन्नभिन्न बनाउन र देश नै नियन्त्रणमा लिन उद्यत रहनु विडम्बना नै हो । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले भावुक हुँदै राष्ट्रपति पुटिनसमक्ष युद्ध रोक्न र सैनिकहरु युक्रेन नपठाउन आग्रह गर्नु भएको छ । “त्यहाँ पहिल्यै धेरैले जीवन उत्सर्ग गरिसकेका छन् । अब अझै रगत बगाउन दिनु हुँदैन र शान्तिको एउटा मौका दिनुहोस् ।”

गोप्य सूचनाहरुको हवाला दिँदै अमेरिकी राष्ट्रपति जो बाइडेनले रसियाले युक्रेनमा आक्रमण गर्ने योजना बनाइसकेको र रसियाले त्यो दिनको पर्खिरहेको बताउँदै आउनु भएको थियो । आक्रमणको घोषणा गरिएको खबर पाएलगत्तै राष्ट्रपति बाइडेनले राष्ट्रपति पुटिनले मानवीय क्षति र पीडा निम्त्याउने एउटा असफल योजनाबद्ध युद्ध रोज्नु दुर्भाग्यपूर्ण रहेको उल्लेख गर्नु भएको छ । युक्रेनमा हुने मानवीय र भौतिक क्षतिका लागि रसिया दोषी ठहरिने छ, र त्यसलाई विश्वले कहिल्यै माफ नगर्ने राष्ट्रपति बाइडेनले भन्नु भएको छ ।

युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले अहिले आफ्ना जनतालाई धैर्य गर्न र रसियाली आक्रमणको डटेर प्रतिकार गर्न आह्वान गर्नु भएको एएफपीले जनाएको छ । उहाँले रसियाका झण्डै २ लाख सैनिक हातहतियार सहित युक्रेनभित्र प्रवेश गर्न लागेको बताउनु भएको छ । युक्रेनको राजधानी सहित पूर्वी युक्रेनका द्वन्द्वग्रस्त क्षेत्रहरुमा विस्फोटका आवाज सुनिएको पनि अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

युक्रेनमाथि भएका हमलाहरुको फ्रान्स, इटाली, जापान, अस्ट्रेलिया, जर्मनी, बेलायत समेतका युरोपेली युनियनमा आबद्ध मुलुकहरुले कडा शब्दमा निन्दा एवं भत्र्सना गरेका छन् । उनीहरुले रसियामाथि कडा प्रतिबन्धहरु घोषणा गरिने बताएका छन् । विगतमा समेत विभिन्न प्रतिबन्धहरु झेल्दै आएको रसियाले फेरि नयाँ प्रतिबन्धहरुको सामना गर्नुपर्ने ती राष्ट्रले घोषणा गरेका छन् ।

नाकाबन्दीका लागि युक्रेनी आह्वान
रसियाले एक स्वतन्त्र मुलुकमाथि अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गरी जबर्जस्ती युद्ध गरिरहेको जनाउँदै युक्रेनले रसियामाथि अन्तर्राष्ट्रिय जगतबाट कठोर नाकाबन्दी लगाउन आह्वान गरेको छ । राष्ट्रपति बाइडेनले युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग कुरा गर्दै आफूले सात औद्योगिक राष्ट्रहरुको समूह जी–७ का नेताहरुसँग बिहीबार बैठक गर्न लागेको र बैठकले रसियामाथि कठोर प्रतिबन्धहरु लगाउने बताउनु भएको छ । युक्रेन र युक्रेनी जनतालाई सबै किसिमको सहायता गर्न अमेरिकी गठबन्धन मुलुकहरु तयार रहेको पनि बाइडेनले बताउनु भएको थियो ।

युद्धको असर
युक्रेनमा रसियाले आक्रमण थालेसँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य वृद्धि भएको छ । तेलको मूल्य सात वर्ष यताकै सबैभन्दा बढी पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य प्रति ब्यारेल १०० डलर नाघेको छ । एसियाली शेयर बजार पनि केही घटेको छ । उपहार खबर बाट सभार

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

‘विश्वको छानो खसिरहेको’ चेतावनी नेपालका विपद्ले पुष्टि गर्‍यो : गुटेरेस
फ्ल्यास हेडिङ

‘विश्वको छानो खसिरहेको’ चेतावनी नेपालका विपद्ले पुष्टि गर्‍यो : गुटेरेस

अशोज ७, २०८३
जापानतर्फ बढेको आँधीले जनजीवन प्रभावित, सयौँ उडान रद्द
फ्ल्यास हेडिङ

जापानतर्फ बढेको आँधीले जनजीवन प्रभावित, सयौँ उडान रद्द

अशोज ६, २०८३
ट्रम्प–सी भेटअघि अमेरिका–चीनबीच आर्थिक वार्ता
फ्ल्यास हेडिङ

ट्रम्प–सी भेटअघि अमेरिका–चीनबीच आर्थिक वार्ता

अशोज ५, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

भारी वर्षाको सम्भावनापछि कञ्चनपुरमा विपद् व्यवस्थापनको पूर्वतयारी तीव्र

भारी वर्षाको सम्भावनापछि कञ्चनपुरमा विपद् व्यवस्थापनको पूर्वतयारी तीव्र

अशोज ७, २०८३
महिला कबड्डीमा आज नेपाल र चाइनिज ताइपेइ खेल्दै,

महिला कबड्डीमा आज नेपाल र चाइनिज ताइपेइ खेल्दै,

अशोज ७, २०८३
‘विश्वको छानो खसिरहेको’ चेतावनी नेपालका विपद्ले पुष्टि गर्‍यो : गुटेरेस

‘विश्वको छानो खसिरहेको’ चेतावनी नेपालका विपद्ले पुष्टि गर्‍यो : गुटेरेस

अशोज ७, २०८३
भोटेकोशी बाढीले जलविद्युत् र वित्तीय क्षेत्रमा गहिरो असर

भोटेकोशी बाढीले जलविद्युत् र वित्तीय क्षेत्रमा गहिरो असर

अशोज ७, २०८३
परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्री हुकरबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्री हुकरबीच भेटवार्ता

अशोज ७, २०८३
१५औँ महाधिवेशनअन्तर्गत आज कांग्रेसको पालिका अधिवेशन

१५औँ महाधिवेशनअन्तर्गत आज कांग्रेसको पालिका अधिवेशन

अशोज ७, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व